म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोकमा बिहीबाध साँझ अन्धाधुन्ध खुकुरी प्रहारबाट मृत्यु भएको सुशिल गर्बुजाको हत्यामा संलग्नको पहिचान भइसकेको र फरार रहेका व्यक्तिको खोजीकार्य तिब्र बनाइएको प्रहरीले जनाएको छ ।
बिहीवार साँँझ करिब साढे ६ बजे युवाहरुको झगडामा एक्कासी खुकुरी प्रहार हुँदा रघुगंगा गाउँपालिका-१ बेगका घर भई हाल बेनी नगरपालिका-८पिपलचोकबस्ने २२ बर्षिय सुशिल गर्वुजाको मृत्यु भएको थियो । हतियार प्रहार भएर रक्ताम्य अवस्थामा बेनी अस्पतालमा लगिएको गर्बुजालाई चिकित्सकले मृत घोषित गरेका थिए ।
गर्बुजालाई प्रहार गरेको खुकुरीसहित खोजीकार्यको क्रममा राती प्रहरीले केहीलाई नियन्त्रणमा लिएको र खुकुरी प्रहारमा संलग्न अन्य अभियुक्तको पहिचान भएपछि खोजीकार्य तिब्र पारिएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।
प्रनाउ कुँवरले संलग्नलाई नियन्त्रणमा लिएपछि विवरण सार्वजनिक गर्ने बताउनुभयो । “घटनास्थलमा रहेका यूवाहरूको समुह करिब ८-१० जनासम्म रहेको देखिन्छ, दुबैतर्फका यूवाहरु बिचको झगडामा खुकुरी प्रहार भएको थियो” प्रनाउ कुँवरले भन्नुभयो ।
घटनामा संलग्न र पहिचान भएकाहरुको सम्भावित क्षेत्रमा खोजीकार्य तिब्र पारिएको छ । घटनामा संलग्नलाई पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको घटनामा संलग्नको घटनालगत्तै खोजीकार्य सुरु भएको थियो ।
घटनाको सूक्ष्मरूपमा अनुसन्धानका लागि प्रहरीले साधा पोशाकमासमेत विषेश टोली परिचालन गरेको छ । घटनास्थल तथा अनुसन्धानका प्रनाउ कुँवरको नेतृत्वको टोली नै खटिएको छ । घटनामा मृतकका साथी बेनी नपा-६ अथुङ्गेका अनुराग शाहीकोसमेत हातमा चोट लागेको थियो । घाईते शाहीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
संलग्नहरु २०-३० वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । झगडामा संलग्न दुवै समुह बिच पूरानो रिसिबीसमेत थियो । गएको माघेसंक्रान्ति मेलामासमेत दुबै यूवा समुह बिच कुटाकुट भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच