प्रतापपुरमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता शुरु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुरमा आजदेखी प्रतापपपुर गाउँपालिका स्तरीय पाचौं आधारभूत तह तथा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीताको शुरु भएको छ ।

खेलकुद प्रतियोगीतालाई सम्बोधन गर्दै सांसद बिनोद चौधरीले एउटा जिम्मेवार जनप्रतिनिधीको हैसियतले जिल्लाको गाम्रीण क्षेत्रको चौतर्फी विकासमा आफुले स्थानीय तह प्रदेश सरकार साथै संघीय सरकारसँग आवश्यक समन्वय गर्दै आएको बताउनुभयो । खेल क्षेत्रको कुनै भेग र परिधि नहुने भएकाले खेल शिक्षालाई आधुनिकतासँगै संचार र प्रविधीसँग जोड्दै लैजानुपर्ने बताउनुभयो । खेल शिक्षालाई सीपसंग र सीपलाई रोजगारी तर्फ जोड्न सके चौतर्फी विकास हुनेमा चौधरीले जोड दिनु भयो ।

प्रतियोगीतामा प्रतापपुर गाउँपालिका अन्तर्गतका सामुदायीक , धार्मिक, मदरसा तथा संस्थागत गरी ५१ वटा विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रतियोगीतामा प्रतिनिधित्व जनाएका छन् । प्रतियोगीतामा दौड, रिले दौड , सटपुट, हाईजम्प , लमजङ्ग, जेबीलिङ्ग (भाला फाल्ने ), भलिवल , व्याटमिन्टन , कवड्डी लगायतका विबिध खेलमा बिद्यार्थी बिच प्रतिष्पर्धा हुनेछ ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले विद्यार्थीलाई पढाईसंगै अतिरिक्तमा जोड्नु राम्रो हुने बताउनु भयो । उहाँभन्नुहुन्छ -" विद्यार्थीका लागी खेल अतिरिक्त हो । शिक्षालाई अतिरिक्त क्रीयाकलापसंग जोडेर ल्यौजाने गरि गाउपालिका अघि बढिरहेको छ । स्वस्थ्य जिवनका लागि खेल आवश्यक रहेकोमा यादवको भनाइ छ ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्रीराम पासी , प्रतापपुर वडा न ७ का वडा अध्यक्ष हरेन्द्र यादव लगायतले आ आफ्नो बिचार राख्नुभएको थियो । प्रतियोगीता आगामी माघ १७ गते सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?