जिल्ला प्रशासन रुपन्देहीद्वारा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय-पत्र सम्बन्धी अभिमुखीकरण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । तिलोत्तमा नगरपालिकाको आयोजना तथा जिल्ला प्रसासन कार्यालयको आयोजनामा १ दिने नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तीन पालिका तिलोत्तमा, देवदह र ओमसतियाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा पंजीकरण शाखाका कर्मचारीको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रसासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कुँवर, ईलाका प्रसासन कार्यालय बुटवलका प्रमुख मोहनराज जोशीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सबै जिज्ञासाको समाधान समेत गरिएको थियो ।

पछिल्लो समय जनप्रतिनिधी र कर्मचारीबीच राम्रो समन्वय भएकोले रुपन्देहीको सन्दर्भमा त्यस सम्बन्धि समस्याहरु खासै नरहेको जिल्ला प्रसासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो।

कानुनले दिएको अधिकार प्रयोग गरि सेवाग्राहीको काममा सेवाप्रदायक भएर सहजता पुर्ण तरिकाले काम गर्न निर्देशन गर्दै जिल्ला प्रसासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले त्रुटिहरुलाई सच्याएर अघि बढ्न आग्रह गर्नुभयो।

सो अवसरमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्री लगायतले बोल्दै प्रसासन कार्यालयले दिएको यसखाले कार्यक्रमले सेवाप्रवाहमा सहजता ल्याउन सकारात्मक प्रभाव पारेको बताएका थिए।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?