काठमाडौं महानगरका शिक्षा प्रमुख कोइरालासँग मागियो स्पष्टीकरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोध्नुभएको छ ।

कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविना एक विद्यालयलाई प्लस टु चलाउन अनुमति दिएको आरोपमा बालेन ७ दिने स्पष्टीकरण सोध्नु भएको हो। साथै बालेनले ७ दिन बिदामा बस्न समेत निर्देशन दिनुभएको छ ।

नगर शिक्षा समितिको निर्णय नभए पनि मध्यबानेश्वरस्थित रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि स्पष्टीकरण सोधिएको महानगर श्रोतले बताएको छ ।

यसअघि बालेनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुका साथै केही कर्मचारीलाई निलम्बन गर्नुभएको थियो ।

नगर सभाबाट भएको निर्णय सच्याएर एक कर्मचारीकी छोरीलाई करारमा नियुक्ति दिन खोजेको पाइएपछि कर्मचारीहरू निलम्बनमा परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?