‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्नुभएको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गर्नुभएको हो ।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिनुभयो ।

२०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिनुभएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?