धादिङ । नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन स्थगित भएको छ । बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आज बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गर्नुभएकाे हाे ।
अध्यक्ष ढुंगेलका अनुसार अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाचिएको छ ।
अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ । त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । विज्ञप्तीमा भनिएकाे छ- 'कार्यक्रममा जाँदा लेटरहेड, चलानी बोकेर हिँडिदैन। त्यसैले साझा पानामा विज्ञप्ती लेखेर हस्ताक्षर गरेको हुँ। अधिवेशन स्थल अशान्त भएपछि यसो गर्न बाध्य भएँ।’
यता, पार्टीको लेटरहेड प्रयोग नगरी सार्वजनिक गरिएको प्रदेश अध्यक्ष कैलाश ढुंगेलले हस्ताक्षर गरेको विज्ञप्ती किर्ते भएको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले दाबी गर्नुभयाे । ‘अधिवेशनका कार्यक्रहरु बिहानैदेखि निरन्तर सञ्चालन भैरहेका छन् । त्रिपाठीले अधिवेशन नरोकिएको जानकारी दिदैं पार्टीको लेटरहेडमा विज्ञप्ती सार्वजनिक गर्नुभएकाे छ ।
‘२०८० माघ १९ गते देखि जारी नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन भैरहेको अवस्थामा केही अनाधिकृत व्यक्तिले अधिवेशनको कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ । बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भईरहेको व्यहोरा अवगत गराउँदा सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु,’ जिल्ला अध्यक्ष त्रिपाठीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यता, बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुंगेलल आफ्नो गुट स्थापित गर्न यस्तो रणनीति अपनाइएको आरोप एमाले नेताहरुले लगाएका छन् । आफ्नो गुटको हार निश्चित भएपछि ढुंगेलले जिल्लाका नेताहरु खेम लोहनी र रमेश आचार्यको इशारामो संगठनको लेटर प्याड, छाप र चलानी बिना मनोमानि ढंगले विज्ञप्ती जारी गरेको आरोप नेताहरुको छ । अधिवेशन स्थगित भन्ने हल्लाको पछि नलाग्न एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अनुरोध गर्नुभएकाे छ ।
जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ । ‘माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्यो,’ अध्यक्ष ढुंगेलले भन्नुभएकाे छ, ‘पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारू गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् अशान्त, असहज परिस्थिति देखा पर्यो ।’
नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।
त्रिपाठीको प्यानलबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकांक्षा देखिएका छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनी सचिवका आकांक्षा रहेका छन् । आफ्ना गुटका व्यक्तिले चुनाव हार्ने देखेपछि प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्ति निकालेर अधिवेशन स्थगित गरेको आरोप अर्को पक्षको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच