काठमाडौं । केही दिनदेखि निरन्तररूपमा बढ्दो क्रममा रहेको सेयर मंगलबार पनि ७.६३ अंकले बढेर २०८३.९० अंकमा पुगेको छ । यस दिन तीन सय १५ कम्पनीका ७६ लाख २४ हजार तीन सय ७६ कित्ता सेयर दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सयभन्दा बढीमा कारोबार भएका छन् । अघिल्लो दिन सोमबारको तुलनामा कारोबार रकम १५ करोड ३४ लाख रुपैयाँले बढेको हो । सोमबार तीन सय १० कम्पनीका ७४ लाख ९१ हजार तीन सय तीन कित्ता सेयर दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँमा खरिदबिक्री भएका थिए ।
मंगलबार कारोबारमा आएका १३ समूहगत सूचकमध्ये व्यापार र अन्यको सूचांक ०.५० प्रतिशतभन्दा बढीले घटेका छन् भने ११ वटाको बढेका छन् । उत्पादन तथा प्रशोधनमूलक १.०८ र निर्जीवन बिमा १.०७ प्रतिशतले बढेका छन् भने विकास बैंक ०.८६, जलविद्युत् ०.७७, होटल तथा पर्यटनमूलक र जीवन बिमा ०.७५ प्रतिशतले बढेका छन् ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्सको सर्वाधिक ३३ करोड ७६ लाख दुई हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने माउण्टेन इनर्जी १६ करोड ६५ लाख ५४ हजार, नेपाल रि इन्स्यारेन्स आठ करोड ७४ लाख ६१ हजार, नेपाल टेलिकम सात करोड ३५ लाख ९३ हजार र हाथवे इन्भेष्टमेन्टको सात करोड ३० लाख ५६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९९, गुराँस लघुवित्त ९.४२, युनाइटेड अजोड इन्स्योरेन्स ७.४०, दोर्दीखोला जलविद्युत् ६.४६ र लक्ष्मी उन्नति कोषको इकाई मूल्य ६.३२ प्रतिशतले बढेको छ । तर, सामलिङ पावरको सर्वाधिक १० प्रतिशत, नेपाल टेलिकम ५.१० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को ३.७१, सानिमा ग्रोथ फन्ड ३.२६ र मिड सोलु हाइड्रोपावरको २.१३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच