काठमाडौं । नेपालमै पहिलोपटक आठ वर्ष वा चार लाख किलोमिटर वारेन्टी भएको उलिङ इभी कमर्सियल भ्यान आउने भएको छ । कमर्सियल गाडीको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स प्रालि र विश्व प्रसिद्ध इभी उत्पादक उलिङ मोटर्स होल्डिङ लिमिटेडबीच नेपालका लागि आधिकारिक बिक्रेताका लागि सम्झौता भएको छ ।
उलिङ मोटर्स होल्ड्रीसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव रहेको छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा सय वर्ष बढीको अनुभव रहेको छ । उलिङ मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्राण्ड हो । सम्झौतासँगै शशिला मोटर्स उलिङका इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीका लागि एकमात्र आधिकारिक बिक्रेता रूपमा रहनेछ । सम्झौतामा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ मोटर्सका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गर्नुभएको छ ।
नेपाली बजार आउन लागेको ११ सिट क्षमताको इभी भ्यान वातावरणमैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट रहेको कम्पनीको दाबी छ । अप्रिलदेखि नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिनुभयो । भ्यानले सिंगल चार्जमा तीन सय किलोमिटर माइलेज दिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच