काठमाडौं । काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु भएको छ । शनिवारबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको हो । सो अवसरमा प्रतियोगीहरुले कुरान वाचन गरेर सुनाएका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरुको प्रतिष्पर्धा रहेको र जसमा ४७ प्रतिष्पर्धीले सहभागिता जनाउने बताउनु भयो । आज चौथो टोलीको प्रतियोगिता शुरु भएको छ । प्रतियागितामा सय जना मुस्लिम महिलाले दर्खास्त दिएकोमा उमेरका कारण ७७ महिला मात्र छनोट भएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरुमा सरकारको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चौथो ब्याचको प्रतिष्पर्धा हुन गइरहेको छ । पहिलो चरणमा पुरुष विद्यार्थीहरुको छ । जुन आज सय जना पुरुष र सय जना महिलाको थियो । जसमध्ये जम्मा दर्खास्तमा पुरुषबाट ८० परेको थियो । उमेरका कारण पुरुषमा ४७ जना प्रतिष्पर्धी छनोट हुनुभएको छ । त्यस्तै महिलामा सय महिलाले दर्खास्त दिनुभएको थियो । उमेरका कारण ७७ जना हुनुहुन्छ । २३ जना छनोट हुन सक्नुभएन । फस्र्ट ब्याचमा १५ देखि ३५ वर्ष उमेरसमूहको थियो । जुम मार्फत छनोट गरेका थियौँ । ५० जनाको छनोट हुनुभएको छ । सेकेण्ट ब्याचमा पनि ५० जना भएकोमा १४३ जनाले दर्खास्त गर्नुभएकोमा ५० जना हुनुहुन्छ । थर्ड ब्राञ्चमा ५० जनाको सिटमा ८७ जना दर्खास्त दिनुभएकोमा अरु अनलाइनमार्फत छनोट भएर ५० छनोट हुनुभएको छ । यो शुरुवात आज हुँदैछ ।’
उहाँले अभिभावकहरुले आफ्ना बालबालिकासँगै बसेर प्रतिष्पर्धा हेर्न सक्ने बताउनु भयो ।
-न्यु एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच