काठमाडौं । अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावका कारण यस साता विश्व बजारमा सुनको मूल्यमा केही कमी आएको छ । अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै मूल्यमा सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोही कारण नेपाली बजारमा पनि यस साता सुनको मूल्यमा उतारचढाव देखिएको छ ।
महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख एक हजार एक सय ६५ रुपैयाँ रहेको सुन साताको तेस्रो दिन एक लाख दुई हजार तीन सय ६५ पुगेर त्यसपछिका दिनमा केही घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फेरि बढेर एक लाख ३ सय ६५ कायम भएकोे छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम सात सय ७० रुपैयाँले कम हो ।
चाँदीको मूल्य भने बढेको छ । साताको पहिलो दिन आइतबार एक हजार एक सय ९६ रुपैयाँ रहेको चाँदी साताको तेस्रो दिन बढेर एक हजार दुई सय १३ रुपैयाँ पुगी चौथो र पाँचौँ दिन सामान्य घटेर अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय नौ रुपैयाँ कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच