वीरगञ्ज । रौतहटको ईशनाथ नगरपालिकाको घिउडा गाँउमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच पाँच दिनदेखि जारी विवादलाई लिएर वीरगन्जमा सोमबार झडप भएको छ ।
हिन्दुवादीहरूले सोमबार प्रदर्शन गर्दै बजार बन्द गराएका थिए । बजार बन्द गराउँदै हिँडेका हिन्दुवादी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको थियो ।
हिन्दुहरूले निकालेको विरोध जुलुसमा मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
चोक चोकमा हिन्दुवादी र मुस्लिमहरू छुट्टाछुट्टै भेला भएर बसेपछि स्थिति भयावह हुन नदिन जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू आदेश पनि जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू जारी भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच