सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले वृहत सांस्कृतिक तथा शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ । मंगलवार बागमती नगरपालिका सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत नगरपालिकाले फागुण १२ गते नेपालमै पहिलो पटक वृहत महोत्सव गर्न लागेको जानकारी दिएको हो ।
महोत्सव बागमती नगरपालिका–११, स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजना हुन लागेको हो । नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालयको शैक्षिक स्तर उन्नतीका लागि गरिएका विभिन्न अभ्यासको प्रस्तुती समेत रहने गरी सम्मेलन आयोजना गर्न लागिएको नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिनुभयो ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड)ले उद्घाटन गर्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
बागमती नगरपालिकाले शैक्षिक तथा सांस्कृतीक क्षेत्रमा गरेको अभ्यास महोत्सव मार्फत देशैभरी प्रवाह गर्ने उद्देश्य रहेको नगरपालिकाका मेयर थापाले बताए । महोत्सव मार्फत नेपालमै पहिलो पटक सामुदायिक बिद्यालयका ३००० छात्रछात्राहरुले एकै साथ नृत्य प्रस्तुत गर्ने भएका छन् ।
यस्तै छात्रछात्राहरुले मानव चित्र, नेपालको नक्सा, झण्डा लगाएतको आर्ट समेत प्रदर्शन गरिने भएको छ । नेपालको ईतिहासमा यति ठुलो संख्यामा विद्यार्थीले प्रस्तुती दिने पहिलो प्रयास भएको नगरपालिकाका शिक्षा अधिकृत मिन प्रसाद उपाध्यायले दावी गर्नुभयो ।
२५ लाख लागत अनुमान गरिएको एक दिने महोत्सवको २५ लाख स्थानीय अभिभावक लगायतले अबलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा मार्फत बिध्यार्थीहरुले सातै प्रदेशको मौलिक पहिचान झल्कने भेषभुषा तथा नृत्य प्रस्तुत गर्ने आयोजक बागमती नगरपालिकाले जनाएको हो ।
महोत्सवको तयारी स्वरुप बागमती नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालयहरुले समुदाय सगँ हातेमालो अभियान सुरुगरेका छन् । यस पालिकाले सामुदायिक बिद्यालयका शैक्षिक गुणस्तरका लागि शिक्षा ऐन समेत लागु गरेको छ । सोही ऐन अनुसार पालिका भित्र कार्यरत कर्मचारी तथा निर्वाचित प्रतिनिधिका बालबालिका पाएक पर्ने सामुदायिक बिद्यालयमै भर्ना गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरिएको छ । सोही अनुसार जनप्रतिनिधि तथा कर्मचारीहरुका बालबालिका सामुदायिक बिद्यालयमा अध्यन गरिरहेका नगरपालिकाले जनाएको हो । अभियानका क्रममा महोत्सवको बारेमा जानकारी गराउने तथा बिध्यालय सुधार अभियानको लागि मानापाथी सहयोग समेत संकलन गरिरहेका नगर शिक्षा शाखा अधिकृत उपाध्यायले बताउनु भयो । यसले समाज र बिद्यालय विच बढ्दै गएको दुरी कम गर्ने अपेक्षा गरिएको उहाँको भनाई थियो । यस कार्यक्रम मार्फत सामुदायिक बिद्यालयहरु अब्बल बन्दै गएको संदेश समेत दिन सकिने आयोजकको कथन छ । आम जनमानसमा समामुदायिक विद्यालय प्रतिको खस्कदो अवस्थाको दृष्टिकोण परिवर्तन आजको आवश्यक्ता भएको र यस्ता महोत्सव कोशेढ्ंगा सावित हुने वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिशेक घिमिरेले धारणा राख्नुभयो । घिमिरेले केही समय देखि बागमतीमा शैक्षिक अवस्था सुधारका विभिन्न कार्यक्रम संचालन गरिरेहका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच