काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गैरशाखा कार्यालयबाट हरिपुर नगरपालिका ९ पिडारी चोकका स्थानीय व्यवसायीसँग अन्तरक्रिया गरेको छ । स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा अन्य बचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधा तथा वित्तीय परामर्शबारेमा विस्तृत अन्तरक्रिया गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा फाइनान्सबाट उपलब्ध गराइएको सुविधाको पूर्ण सदुपयोग गर्ने सम्बन्धमा व्यवसायीसँग अझ प्रगाढ सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने कार्यलाई मुख्य विषय बनाएको थियो ।
३५ जना स्थानीय व्यवसायी तथा बचतकर्ताको सहभागिता रहेको कार्यक्रममा साधारण, चल्ती तथा मुद्दती खाता, कर्जा विवरण तथा विद्युतीय बंैकिङ सुविधाका विषयमा जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तीय सेवामा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको बताइएको छ । कम्पनीले हाल १३ शाखामार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच