काठमाडौं । नागरिक समाजका अगुवा श्याम श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन कुनैपनि बेलामा भत्किन सक्ने बताउनुभएको छ ।
नागरिक समाजका अगुवा श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन लामो समय नजाने बताउनुभएको हो ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले विचार र मुद्दाहरुमा गतिलो छलफल नगरी सत्ताको लागि मात्रै गठबन्धन गरिकाले कुनैपनि बेलामा भत्किने बताउनुभएको हो ।
गठबन्धन बनाउँदा विचार, सिद्धान्त र रणनीतिमा कुनै छलफल नभएको उहाँले बताउनु भयो । उहाँले केवल सत्ताको बाँडफाँटमा केन्द्रित रहेर गठबन्धन गरिएको भन्दै मन्त्रालयको भागबण्डा नमिल्नासाथ गठबन्धनमा झगडा शुरु हुने बताउनु भयो । उहाँले वर्तमान गठबन्धन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को बाध्यता र आवश्यकताको उपज भएको उल्लेख गर्नुभयो ।
श्रेष्ठले विचार र सिद्धान्त नमिलिकन गठबन्धन त नटिक्ने भन्दै एमाले–माओवादी केन्द्र बीचको एकता टाढाको कुरा भएको टिप्पणी गर्नुभयो । उहाँले एमाले–माओवादी केन्द्रको एकता नहुने दाबी गर्नुभयो । उहाँले विगतमा एमाले–माओवादीले वृहत छलफल बिना एकता गर्दा पार्टी फुटेको उदाहरण दिँदै अहिले पनि उनीहरुले पुरानै गल्ती दाहो¥याएका बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो सत्ता समिकरणको हिसाबले मात्रै बनाएको देखिन्छ । विचारको हिसाबले गतिलोसँग छलफल गरेर, विभिन्न मुद्दाहरुमा एकरुप सोच बनाएर गरेको देखिँदैन । एमालेलाई पनि नमिलिकन भएको छैन । किनभने नमिल्दाखेरी नोक्शानी भएको छ । माओवादीलाई पनि नमिलिकन भएको छैन किनभने नमिल्दाखेरी उतापटी काँग्रेसले पेल्यो भन्ने भएको छ । त्यो उनीहरुको आवश्यकताको कारणले रणनीति नमिलेता पनि, विचारमा छलफल नगरेतापनि सत्ताको आवश्यकताका कारणले भएको गठबन्धन हो जस्तो लाग्छ । यस्तो खालको गठबन्धन लामो समय जाने सम्भावना हुँदैन । एकता त टाढाको कुरा भयो । एकतासम्म यो जाला भन्ने मलाई लाग्दैन । किनभने यदि यो गठबन्धन टिकाउ गर्ने हो भने उनीहरुले आफ्नो रणनीतिमा छलफल गर्नुपर्छ । विचार र सिद्धान्त मिलाउनमा छलफल गर्नुपर्छ । साझा कार्यक्रम गर्नुपर्छ जसले गर्दा पाँचवर्ष मज्जाले जान्छ । त्यो छलफल गरेर मात्रै गठबन्धन ग¥यो भनेदेखि गठबन्धन टिकाउ हुन्छ । त्यो छलफल नगर्ने तलाइँ सत्ता यति, मलाई सत्ता यति, तँलाई यति मन्त्रालय, मलाई यति मन्त्रालय भन्यो भने मन्त्रालयको कुरा नमिलेपछि फेरी झगडा भइहाल्छ । त्यसकारणले टिकाउ हुने हो भने विचारमा छलफल हुनुप¥यो । सिद्धान्तमा छलफल हुनुप¥यो । बाटोमा छलफल हुनुप¥यो । बाटो, सिद्धान्त, विचार केहीमा छलफल नगरीकन खालि सत्ताको वितरणमा छलफल गरेर यदि गठबन्धन बनाइन्छ भने त्यो गठबन्धन निकै छोटो अवधिको हुन्छ । कुनैपनि बेलामा भत्किन सक्छ । अगाडी पनि त्यस्तै भयो । पार्टी–पार्टीहरुको टुप्पी टुप्पीमात्र बाँधेर एकता हुँदैन । टाउको, शरिर, खुट्टा पनि छलफल गरिनुपर्छ । टाउको, शरीर सहितको एकता भयो भने त्यो टिकाउ भयो । टुप्पी बाँधेको छ, एकता यहीँ हो पार्टीको भन्यो भने एउटाले एउटा बोल्छ । अर्कोले अर्को बोल्छ । त्यसले पार्टी एकता निकै छिटो टुक्रिने सम्भावना हुन्छ । अगाडी पनि त्यही नै गल्ती भएको थियो । अहिले पनि त्यही नै गल्ती हुन लागेको छ ।’
अगुवा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक गठबन्धन फेर्नु ठिक नभएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले पहिले सहकार्य त्यागेको एमालेसँग अहिले गठबन्धन गर्दा गलत सन्देश गएको पनि बताउनु भयो ।
गठबन्धन गर्नु गलत नहुने भन्दै उहाँले विचार, सिद्धान्त र रणनीति मिल्नेसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो । गठबन्धन किन र के काम गर्नलाई गर्ने हो भन्ने कुरामा सम्बन्धित दलहरु प्रष्ट हुनुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘घरघरी गठबन्धन फेर्नु ठिक कुरा होइन । कि सुरुमै एमालेसँगै गठबन्धन बनाएर गएको भए त्यो कुरा राम्रो हुन्थ्यो । वामपन्थी–वामपन्थी मिलेको जस्तो पनि हुन्थ्यो । अहिले आएर एक वर्ष पछाडी मिल्दाखेरी सन्देश राम्रो गएको छैन । गलत सन्देश गएको छ । अन्य देशमा लामो समय गठबन्धन चलेको देखिन्छ । हाम्रोमा मात्रै नचलेको किन ? भन्ने प्रश्न उठ्छ । गठबन्धन नै गलत त होइन । तर गठबन्धन बनाउँदाखेरी विचार मिल्नेहरु सँग, सिद्धान्त मिल्नेहरु सँग र रणनीति मिल्नेहरुसँग गठबन्धन बनायो भने टिकाउ हुन्छ । गठबन्धनमा जो बसेका छन् उनीहरु आफ्नो वचनमा पक्का भयो भने गठबन्धन टिक्छ । वचन घरीघरी फेर्ने भयो भने गठबन्धन टिक्दैन । त्यसकारणले गठबन्धन नै गलत भन्ने त मलाई लाग्दैन । नेपालमा जुनखालको चुनाव प्रणाली अपनाइएको छ त्यसमा धेरैजस्तो हुनेवाला गठबन्धन नै देख्छु । त्यसकारण गठबन्धन भविष्यमा पनि हुनेवाला छ । तर त्यो एउटा गतिलो ग्राउण्डमा हुनुप¥यो । के कुरा गर्नलाई गठबन्धन ? के काम गर्नलाई गठबन्धन ? प्रष्ट भएर ग¥यो भने त्यो टिकाउ हुन्छ ।’
उहाँले प्रधानमन्त्री दाहालको कामलाई कांग्रेसका मन्त्रीहरुले सहयोग नगर्नु, राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई हराउनु र संक्रमणकालिन न्यायलाई टुंग्याउन कांग्रेसले ढिलासुस्ती गर्नु लगायतका कारणहरु नै विगतको गठबन्धन टुट्नुको प्रमुख कारणको रुपमा देखिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच