सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले संसदमा प्रश्तुत आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताका विषयमा नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गर्ने भएको छ ।
शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले सरकारमा सहभागी अन्य दलहरुसँग छलफल गरेर मात्रै सो आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउने निर्णय गरेको हो ।
काँग्रेस नेतृत्वको यस अघिको गठबन्धन सरकारको तर्फबाट गत फागुन १४ गते बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतबारे पेस गरिएको थियो । सो बजेटबारे संसदमा छलफल गर्नुअघि नयाँ सत्तारुढ दलहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गरिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो ।
त्यसैगरी बैठकले सरकारले विश्वासको मत लिने दिन अनिवार्य रुपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुनका लागि ह्वीप जारी गरेको छ । त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पनि सांसदहरुलाई अनिवार्य उपस्थिति भई आफ्नो पक्षमा मतदान गर्न पनि निर्देशन दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक पाण्डेले बताउनु भयो ।
राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत फागुन ३० गते लिने तयारी छ । त्यसैगरी बैठकले कार्यतालिका अनुसार नै संघीय संसदको बैठक अघि बढाउने विषयमा पनि आफ्नो पार्टीले जोड दिने निर्णय गरेको छ ।
प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘यो बैठकमा मुख्य गरेर अहिलेको समसामयिक राजनीतिक स्थिति के हो ? त्यसका बारे छलफल भयो । सँगसँगै अहिले जो नयाँ सहमती र सहकार्यका साथ अगाडी जाने गरेर सम्माननीय प्रधानमन्त्रीज्युले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ । त्यसको मर्म के हो ? र, अब हामी कसरी अगाडी जाने हो ? भन्ने बारेमा नै मुख्य रुपमा आफनो संघीय संसदीय दललाई प्रष्ट पार्ने विषयवस्तु थियो । सम्माननीय प्रधानमन्त्रीज्यूले यो बारेमा स्पष्टताका साथ सबै विषयबस्तुहरु राख्नु भयो । सँगसँगै यो बैठकमा अहिलेसम्म हाम्रो जो भईरहेका कामहरु छन । कार्यतालिकाका साथ यो तेस्रो अधिवेशनमा हामी जान लागेका थियौं । र, यो तेस्रो अधिवेशनमा नौं वटा बैठक आईरहेका थिए । त्यसमा दुई वटा विधेयक पनि पारित गरिसकेका थियौं । तर नयाँ परिस्थिति आईसकेपछि कार्यतालिका अनुसार जान सकिएन । त्यसकारणले अव फेरी कार्यतालिका अनुसार कसरी जाने भन्ने विषयबस्तुमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले दललाई प्रष्ट बनाउनु भएको छ । यसका साथसाथै अव काम अगाडि बढाउने क्रममा संविधानको व्यवस्था अनुसार नै स्वभावैले विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने विषयबस्तु, त्यहाँ हाम्रो सहकार्यको सबै दलको माननीय सदस्यहरुले र हाम्रो दलका माननीय सदस्यहरुले खेल्नु पर्ने भूमिकाका बारे पनि आज कुरा भएको छ । खास गरेर प्रतिनिधिसभामा विश्वासको मत र राष्ट्रियसभामा अध्यक्षको निर्वाचन हुँदैछ । उपाध्यक्षसहितको निर्वाचन हुने गरेर एक खालको सहमती पनि भईसकेको छ । यी सबै विषयबस्तुहरुलाई पनि मध्यनजर गर्दै त्यो बेलामा हामो दलका प्रतिनिधिसभाका माननीयहरु विश्वासको मत लिने बेलामा राष्ट्रियसभाका माननीय सदस्यहरु राष्ट्रियसभाको अध्यक्षको, उपाध्यक्षको निर्वाचन हुने बेलामा सबै उपस्थित गर्नका लागि ह्वीप जारी गर्नुपर्ने विषयबस्तु छ । त्यो बारे पनि हामीले दलमा छलफल गरेर निर्णय गरेका छौं । त्यसको साथसाथै अहिले फागुन १४ गते आगामी आर्थिक वर्ष १०८१÷०८२ को बजेटका सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत भएको छ । तर त्यसको छलफल सूरु भएको छैन । अव त्यो छलफल सुरु गर्नुपर्नेछ । त्यसमा अव कसरी छलफल गर्ने भन्ने विषयबस्तु पनि थियो । त्यसको साथसाथै हाम्रो राष्ट्रियसभाका ६ वर्षे कार्यकाल पूरा गरी विदाई हुनु भएको छ । उहाँहरुलाई धन्यवाद ज्ञापनका साथ विदाई गर्ने विषयबस्तु पनि थियो । यीनै विषयबस्तुहरुमा हामीले आज छलफल ग¥यौं । र, ठोस निर्णय भएको छ । अव एउटा विषयबस्तु छ अहिले राष्ट्रिय राजनीतिक के हो, दलले निर्वाह गर्नुपर्ने भूमिका के हो ? भन्ने बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले प्रष्ट बनाउनु भयो । अर्को मैले अघि नै भनेजस्तै प्रतिनिधिसभामा पनि, राष्ट्रिय सभामा पनि जुनजुन दिनमा विश्वास मत हुन्छ वा राष्ट्रिय सभामा अध्यक्ष, उपाध्यक्षको निर्वाचन हुन्छ । त्यो दिनका लागि निर्देशन जारी गर्ने भन्ने निर्णय भयो । कार्यतालिकाअनुसारनै संसद बैठकलाई अघि बढाउनका लागि संघीय संसद सचिवालयसँग छलफल गर्ने र बजेटको सिद्धान्त र प्राथमिकताबारे सहकार्य गरेर अन्य दलहरुसँग पनि कुराकानी गरेर कसरी अघि बढने भन्ने एउटा निचोड निकाल्ने निर्णय भएको छ । विश्वासको मत जहिले भएपनि त्यसका लागि तयार भएर बस्ने कुरा बैठकमा भयो ।’
माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रिय सभाबाट विदाई भएका सांसदहरुले खेलेका भुमिकाप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच