काठमाडौं । महिला सुरक्षा दबाब समूहले महिला हिंसा अन्त्य गर्नको लागि बनेका कानुनहरूमा भएका कमी कमजोरीहरूबारे सुझाव संकलन गर्ने उद्देश्यले सरोकारवालाहरूसँग एक अन्तरक्रियात्मक संवाद सम्पन्न गरेको छ । राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो संवाद संस्थाका कार्यकारी निर्देशक बुद्घिकला खनालले सञ्चालन गर्नुभएको थियो भने संस्थाका अध्यक्ष कल्याणी शाहले अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव वैजयन्ती कार्कीले अतिथिहरूको स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिलगायत कानुन न्याय तथा मानव अधिकार समितिका सदस्य रञ्जु ठाकुर, प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरे, राष्ट्रिय सभाका सदस्य पूजा चौधरी लगायतले आ-आफ्नो सुझाव मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्राडा. शशी अधिकारीले महिला हिंसा सम्बन्धमा बनेका कानुनहरूमा भएका कमी कमजोरी सम्बन्धमा गर्नुभएको अनुसन्धान पत्रको सारांश प्रस्तुत गर्नुभएको थियो । महिला सुरक्षा दबाब समूहले सञ्चालन गरेको संवादको यो दोस्रो शृंखला हो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू भगिनी संगठनका प्रतिनिधिहरू मध्येबाट सुस्मिता अधिकारी नेपाल महिला संघ, ममता गिरी सदस्य नेकपा एमाले तथा अन्तरपार्टी महिला सञ्जालका कोषाध्यक्ष, अञ्जना शाह रावल राप्रपा महिला संगठनका अध्यक्षका साथै जनता समाजवादी पार्टी महिला संघका केन्द्रीय अध्यक्ष निर्मला यादव एवं विभिन्न मन्त्रालय एवं नेपाल प्रहरीबाट प्रवक्ता तथा प्रतिनिधिहरूको उपस्थिति हुनुका साथै उहाँहरूबाट महत्वपूर्ण सुझाव मन्तव्यहरू प्राप्त भएका थिए । जसमध्ये उपसचिव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल, नेपाल प्रहरी नक्सालका एसपी बाल नरसिंह राणा, विमल पौडेल प्रतिनिधि गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालय साथै महिला सुरक्षा दबाब समूहका सञ्जाल संस्थाका अध्यक्षहरूबाट समेत महत्वपूर्ण सुझावहरू प्राप्त भएका थिए ।
अन्त्यमा संस्थाका अध्यक्ष कल्याणी शाहले धन्यवाद तथा कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा महिला सुरक्षा दबाब समूहका पदाधिकारीहरू सञ्जाल सदस्य संस्थाका अध्यक्षहरू तथा अन्य विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच