काठमाडौं । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौं संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएको छ । चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिँदै आएको र यसवर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैं न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले जानकारी गराउनुभयो ।
एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सहप्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौं संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहने भएको छ भने आयोजकको रूपमा नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड रहेको अवार्डका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभयो ।
अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए । अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवद्र्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायबीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिलकुमारी केसी मेमोरियल फाउण्डेशन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताउनुभयो । ‘नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्नेछ’, केसीले भन्नुभयो ।
अवार्डका लागि नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने, नेपाललाई विश्वमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु वार्डको उद्देश्य रहेको त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खुमलाल भट्ट बताउँनुहुन्छ ।
नेपाली चलचित्रको युग परिवर्तन भएको र नेपाली चलचित्रहरू अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकाले नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउन यो अवार्ड महŒवपूर्ण छ । अमेरिकामा नेपालबाट धेरै कलाकार पुगेका छन्, उनीहरूसँग पुनर्मिलन गर्नु अवार्डको अर्को उद्देश्य हो । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य रहेको कृष्ण मल्लले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच