काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री (एनआइसिसिआई)को १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महत्वपूर्ण कदम साबित भएको बताइएको छ ।
सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको साधारणसभामा नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा मन्त्री शर्माले एनआइसिसिआई डाइरेक्टरी अनावरणसमेत गर्नुभएको थियो । साथै द्विपक्षीय व्यापार सम्बन्धको विकासमा अमूल्य योगदान गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो । एनआइसिसिआई अध्यक्ष अग्रवालले दुई देशबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासमा एनआइसिसिआई प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच