काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठानले २०७९ सालको विभिन्न सम्मान एक समारोहबीच स्रष्टाहरूलाई समर्पित गरेको छ । शनिबार बनेपा काभ्रेमा आयोजित जनमतको ४०औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले ‘दीपा-जनमत सम्मान’ प्राडा.लक्ष्मणप्रसाद गौतम (बागलुङ), ‘गणेश/खिलकुमारी दुवाल-जनमत सम्मान’ प्रमोद प्रधान (मोरङ), ‘हृदयचन्द्र-जनमत वरिष्ठ साधक सम्मान’ डा.अभि सुवेदी (तेह्रथुम), ‘जनमत-जनक प्रधान सेवा सम्मान’ राजेश खनाल (महोत्तरी)लाई अर्पण गर्नुभयो ।
त्यसैगरी ‘केवलपुरे-जनमत सम्मान’ नर्मदेश्वरी सत्याल (संखुवासभा), ‘जनमत-महेन्द्रलाल कलाकार सम्मान’ रवीन्द्र श्रेष्ठ (भक्तपुर), ‘कमला सैंजू-जनमत सम्मान’ लक्ष्मी माली (काठमाडौं), ‘जनमत-राजभाइ सहयात्री सम्मान’ बाबुराम श्रेष्ठ ‘वर्षा’ (मोरङ) र ‘भारती-जनमत साहित्यिक पत्रकारिता सम्मान’ मेरिना स्मृति (काठमाडौं) लाई अर्पण गरिएको थियो ।
समारोहमा ‘जनमत-केदार/सुदर्शना बालसाहित्य सम्मान’ गंगादेवी कसजू (बाग्लुङ), ‘जनमत-सिचि धर्म/संस्कृति सम्मान’ रामकृष्ण कर्माचार्य (ललितपुर), ‘जनमत-मित्र अनुवाद राष्ट्रिय सम्मान’ महेश पौड्याल (काठमाडौं) तथा ‘जनमत-दीपक वैद्य स्वास्थ्य सम्मान’ डा.सिर्जना श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरियो । सम्मानित व्यक्तित्वहरूलाई जनही नगद राशि १० हजारसमेत अर्पण गरिएको थियो ।
सो अवसरमा जनमतद्वारा प्रकाशित ‘नेताका साथी’ (एकांकी) लोकेन्द्रबहादुर चन्द, ‘आलोचना र परिचय’ (दोस्रो संस्करण)मोहन दुवाल, ‘किरणको वेदना’ (नाटक) सिद्धिबहादुर कर्माचार्य, ‘स्वर्गको दरबार’ (तेस्रो संस्करण) शुक्रराज शास्त्री र ‘जनमत जानकारी’ (विविधा) सं.मोहन दुवाललगायत पुस्तकहरू सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नरेन्द्रबहादुर श्रेष्ठ, गंगा सुवेदी, मोहन दुवाल, प्राडा.लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, बाबुराम श्रेष्ठ ‘वर्षा’लगायातले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच