मुगु । गाउँमा पक्की विद्यालय र प्रसुती गृह भवन एकैपटक बनेपछि स्थानीय हर्षित भएका छन्।
जिल्लाको उत्तरी सोरु गाउँपालिका– ९ तलिकालै गाउँमा रहेको मष्टा आधारभूत विद्यालयमा नयाँ पक्की भवन र कालै प्रसुती गृह एक साथ निर्माण सम्पन्न भएपछि स्थानीयहरु खुशी भएका हुन् ।
ब्याक टु लाइभ इबि जर्मनीको आर्थिक तथा प्राबिधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वय साझेदारीमा ६२ लाखमा ८४ हजार २७४ रुपयाँको कुल लागतमा दुई तलाको ४ कोठे विधालय भवन र ५३ लाख १० हजार ९९ रुपयाको कुल लागतमा दुई तले ४ कोठाको पक्की प्रसुती गृह भवन निर्माण गरिएको छ ।
बुधबार एक कार्यक्रम बिच उक्त बिद्यालय भवन हस्तान्तरण तथा प्रसुती गृहको उद्घाटन एकसाथ गरिएको थियोे ।
आफ्नै घर अगाडि पक्की विद्यालय भवन बनेपछि स्थानीयले खुशी हुँदै बाजाघाजा, फूल माला, अबिर जात्रासहित उपस्तिथि अतिथिलाई स्वागत गरेका थिए ।
विद्यालय हस्तान्तरण र प्रसुती गृह उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्वन्धित संस्थाका अध्यक्ष, अन्य सदस्य, कर्मचारी, जिल्ला स्थित विभिन्न मिडियामा आबद्ध संचारकर्मी, अन्य विभिन्न सरोकारवाला निकाय्का प्रमुख तथा प्रतिनिधि र स्थानीयको उपस्तिथि रहेको थियो ।
गाउँमा पक्की बिद्यालय भवन बनेपछि खुशी हुँदै मस्टा आधारभूत विद्यालयका बिब्यस अध्यक्ष भानुभक्त चौलागाईंले भन्नुभयो 'अब विद्यार्थीहरुले रुखमुनी बसेर बढ्ने दिनको अन्त्य भएको छ सहयोगी संस्थालाइ धन्यवाद दिँदै कुनैबेला रुखको मुनिमा बसेर पढ्नुपर्ने समस्या थियो अब हाम्रा बालबालिकाले पक्की सुबिधा सम्पन्न भवनका कोठामा बसेर पढ्न पाउने भए ।'
यस विद्यालयमा ८७ घरधुरीका ८९ जना बालबालिका अध्ययनरत छन्।
स्थानीय भक्तिप्रसाद चौलागाईंले अब साना विद्यार्थीलाई रुखको मुनि र कच्ची भवनमा बसेर पढ्नु नपर्ने र गाउँका गर्भवती महिलालाई गोठमा सुत्केरी हुनु पर्ने बाध्यता समेत अन्त्य भएको बताउनु भयाे ।
यस्तै गाउँमा बनेको प्रसुती गृहमा छोरी बुहारीहरुले अबका दिनमा सुत्केरी हुन पाउने भएपछी साह्रै खुशी लागेको बताउँछिन कालैगाउँकी ६० बर्षिया उता लुवार ।
हाम्रा दिनमा यस्ता अस्पताल नभएकाे सुनाउँदै उहाँले आफुले ५ वटा बच्चा गोठमै जन्माएको दुखेसो सुनाउनु भयाे। अब गाउँका छोरी बुहारीलाई प्रसुती गृहमै सुत्केरी गराउन पठाउने उहाँ बताउनु भयो ।
पहिला पुरानो, जिण साघुरो भवनबाट सुत्केरी सेवा दिन निकै असजिलो असुरक्षित थियो अब नयाँ भवन बने पछि सुत्केरीलाई दिइने ब्लअ, उलअ लगायतका सेवा दिन सजिलो हुने भएको कालै प्रसुती गृहकि इन्चार्ज कमला रावतले बताउनु भयो ।
अबका दिनमा गर्भवती महिलालाई सबैखाले सेवा दिने कोठा छुट्टाछुट्टै भएको र सुत्केरी गराउन सजिलो हुने भएको पनि इन्चार्ज रावतले बताउनु भयाे ।
नव निर्मित प्रसुती गृहबाट माथी कालै र तल्लो कालै गाउका करिब ३ सय ५० घरधुरीका गर्भवती महिलाहरूले सेवा लिने छन् । महिनामा ४ देखी ७ जनासम्म सुत्केरी सेवा लिन र ANC PNC सेवा लिन १०र ११ जना आउछन् ।
यस संस्थाले समुदायको मागमा आधारित रहेर बिद्यालय भवन, प्रसुती गृह लगायत अन्य विभिन्न मागमा आधारित कार्यक्रम तथा बिकास निर्माणका कामहरू गर्दै आएको कर्णाली सामुदायिक बिकास केन्द्रका अध्यक्ष संगिता मल्ल शाहीले बताउनुभयो । आउँदा दिनहरूमा यस्तै दुरदराजका जनताको मागमा आधारित रहेर उनीहरुको आवश्यक्तालाई प्राथमिकतामा रहि काम गर्ने योजना रहेको पनि अध्यक्ष मल्लले सुनाउनु भयो ।
केसिडिसिसंगको समन्वय साझेदारीमा व्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय सस्थाले मुगु जिल्लामा स्वास्थ्य, शिक्षा र सामुदायिक विकासमा लामो समयदेखि काम गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच