गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ ।
यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरुप मासिक रुपमा सो रकम उपलब्ध गराउने भएको छ ।
नगर कार्यपालिकाको बैठकले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने निर्णय गरिएको हो । सो सुविधा लिनको लागि विद्यार्थीले नगरभित्रकै विद्यालयमा अध्ययन गर्नुपर्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले बताउनुभयो । देशका जुनसुकै विद्यालयबाट ३।२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरुले रेसुङ्गा नगरपालिका भित्रका विद्यालयमा अध्ययन गरेमा प्रोत्साहन स्वरुप कक्षा ११ मा अध्ययन गर्ने समयसम्म मासिक एक हजार रुपैँया उपलब्ध गराइनेछ । सोही विद्यार्थीले कक्षा ११ मा पनि ३.२ वा सो भन्दा बढी जिपिए ल्याएमा कक्षा १२ मा पनि उक्त सुविधा प्राप्त गर्नेछ । यस कार्यक्रमका लागि नगरपालिकाले बार्षिक २७ लाख लागत लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
यस नगरपालिकाले ०७९ मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने नगरपालिकाभित्रका विद्यार्थीहरु पालिकाभित्रकै विद्यालयमा अध्ययन गरेमा कक्षा ११ र १२ अध्ययनको लागि मासिक चार हजारका दरले उपलब्ध गराउने निर्णय गरेको थियो ।
उक्त निर्णयअन्तरगत पहिलो बर्षका १६ जनाले ९६ हजार प्राप्त गरेका छन् । मासिक चार हजार उपलब्ध गराउदा खर्च बढी आएकोले पहिलेको निर्णय परिमार्जन गरिएको हो ।
नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बढी अंक ल्याउने विद्यार्थीहरुलाई गाउँमै अध्ययनको व्यवस्था मिलाउन प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच