काठमाडौं । अमेरिकाको एटलान्टामा आगामी अगस्ट २४ मा सम्पन्न हुने ‘इन्टरनेसनल सिङर सङराइटर्स एसोसिएन’ले आयोजना गरेको छैटौं ‘आइएसएसए अन्तर्राष्ट्रिय अवार्ड’मा नेपालबाट मनोनयनमा पर्नुभएका गीतकार संघ नेपालका पुर्व कार्यसमिति सदस्य गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार संघले अपिल गरेको छ । संघका अध्यक्ष वसन्त बित्यासी थापाले आइतबार संघको फेसबुक पेजमार्फत एक अपिल सार्वजनिक गर्दै गीतकार अधिकारीलाई भोट गर्न संस्थागत अनुरोध गर्नुभएको हो ।
अध्यक्ष थापाको अपिलमा भनिएको छ, ‘यस संस्थाका पूर्वकार्यसमिति सदस्यसमेत रहनुभएका लोकप्रिय गीतकार लोकराज अधिकारी अन्तर्राष्ट्रिय सिङ्गर संघ राइटर्स एसोसिएसनले आगामी अगस्त २४ मा अमेरिकाको एटलान्टामा आयोजना गर्नेे आएसएसए सिङ्गर संघ राइटर्स अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय गीतकार पुरुष विधामा मनोनीत हुनुभएकोमा बधाई र शुभकामना । समग्र नेपाली भाषी गीतकारहरूकै एकमात्र प्रतिनिधित्व भएको यस अवार्डमा गीतकार अधिकारीलाई टप २० मा पु¥याउनका लागि विश्वभर रहनुभएका नेपाली र नेपाली भाषी सबैले विद्युतीय भोट गरिदिनु हुन संस्थागत अपिल गर्दछौं ।’
अप्रिल २ देखि निःशुल्क इलेक्ट्रोनिक भोटिङ सुरु भएको हो । दैनिक एउटा डिभाइसबाट एक भोट गर्न सकिने र भोटिङ अप्रिल ३० तारिकसम्म खुला रहने आयोजकले जनाएको छ । यसका लागि लागि ‘इन्टरनेसनल सिङर सङराइटर्स एसोसिएन’को वेभ साइटमा गएर २०२४ भोट लेखेको मेनु क्लिक गरी अन्तर्राष्ट्रिय प्रतियोगीलाई भोट गर्ने अप्सन थिचेर ‘इन्टरनेश्सनल मेल सङग राइटर अफ दि इअर’ विधामा गएर नाममा ठीक चिहृन लगाएर भोट गर्नुपर्ने प्रणाली रहेको छ । कम्प्युटर, ल्यापटप, ट्यावलेट, मोबाइलबाट भोट गर्न सकिन्छ ।
आयोजकले गत सोमबार सार्वजनिक गरेको विभिन्न ४६ विधाको नामावलीमा नेपालबाट एकजनामात्र गीतकार अधिकारी ‘पुरुष गीतकार’ विधामा मनोनयनमा पर्नुभएको हो । अधिकारीसँगै उक्त विधामा नेदरल्याण्ड, ग्रिस, घाना, आयरल्याण्ड, आइसल्याण्ड, रसियन फेड्रेसन, डेनमार्क, स्वीडेन, मलावी, क्यानडा, अष्ट्रेलिया, बेलायत, ब्राजिल, इटाली, साउथ अफ्रिका, फिलिपिन्स, युगाण्डा, इजरायल, जापान, जर्मनलगायत विश्वका विभिन्न देशका ६८ जना मनोनयनमा पर्नुभएको छ ।
यो अवार्डमा अन्तर्राष्ट्रियतर्फ एसिया महादेशबाट गतवर्ष युगल गायनमा भारतबाट मनोनीत गायक एसपी बालसुब्रहृमण्यम र एस जे जानिनीले ब्रोन्ज अवार्ड जित्नुभएको छ । त्यसअघिका संस्करणमा एसिया महादेशका कुनै पनि देशबाट सहभागिता रहेको थिएन । छैटौं संस्करणमा नेपाल मनोनयनमा परेको हो ।
गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिंगो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधिका रूपमा यो मनोनयनलाई लिएको बताउनुभएको छ । भोटिङबाट टप २० को छनोट गरिने आयोजकले जनाएको छ । मे २ मा टप २० को घोषणा हुनेछ । मनोनीतहरू सबैलाई आयोजकले रेडकार्पेट समारोहमा सहभागी हुन आमन्त्रण गरेको छ । यसैबीच, गीतकार अधिकारीले देश, विदेशबाट सबैले भोट गरेर नेपाललाई टप २० मा पुर्याउनसमेत आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने महोत्सव/फेष्टिभल/कन्सर्टजस्ता कार्यक्रममा नेपाली स्रष्टा/कलाकारको उपस्थिति र प्रस्तुति रहने गरे पनि गीतको अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट मनोनीत हुने गीतकार अधिकारी नै पहिलो सर्जक हुनुहुन्छ ।
गीतकार अधिकारीका ‘तिम्ले पराई ठानेपछि, रूपै मोहनी, बाजा बजाउँदै, मर्छु बरू छट्पटीमा, हेप्नी मलाई, भन्नुहुन्थ्यो बा ले, ओ ओ मेरो परान, फेरि एक हुन, घन्काइदेऊ मादलु, रूपौली रानी’लगायत दर्जनौं गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच