दाङ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार दैनिक परिवर्तन हुने क्षेत्र भएकोले यसको व्यवस्थापनमा चुनौति थपिएको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ दाङको २२ औँ साधारणसभा तथा १२ औँ अधिवेशन एंव मिडिया महोत्सवको सोमबार दाङको घोराहीमा उद्घाटन गर्दै मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको लागि सरकार प्रतिबद्ध रहेको भन्दै मिडियाको पुनरसमरचना आवश्यक रहेको बताउनु भयो ।
सरकारी तथा प्राईवेट मिडियाको पुनःसंरचना अहिलेको आबश्यकता भएको उहाँको भनाइ छ । साथै उहाले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेको स्वीकार स्विकार्नु भयो ।
जनताको अवस्था सुधारका लागि संविधानमा मौलिक हकहरुको व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन नसक्दा जनताको अवस्था परिवर्तन हुन नसकेको मन्त्री शर्माले बताउनु भयो । जनताको अवस्था परिवर्तनका लागि कानुन कार्यान्वयन पहिलो शर्त भएको र त्यसको कार्यान्वयनका लागि सरकार र मिडिया एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
‘राजनीतिक व्यवस्था परिवर्तन भयो। जनताको अवस्थामा परिवर्तन आउन सकेन हामीले भनिरहेका छौँ। त्यसको स्वीकारोक्ति हामीलाई पनि भइरहेको छ,’ उहाँले भन्न्नुभयो’ राजनीति परिवर्तन सँगसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन कानुन कार्यान्वयलाइ जोड दिएका छौँ।’
कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले राजनीतिक स्थायित्व भए पनि राजनीतिक अभिभारा पूरा गर्न बाँकी रहेको बताउनु भयो
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच