काठमाडौं । घुम्ती कवि गोष्ठी नेपालको १३७औं शृंखला सम्पन्न भएको छ । गोविन्द घिमिरे वेदमणिको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले उक्त कार्यक्रममा साहित्यको प्रबद्र्धन आवश्यक भएको विचार व्यक्त गर्नु हुँदै त्यसका लागि आफूले सहयोग गरिरहने बताउनुभयो । घुम्ती कवि गोष्ठका सभापति माधवलाल श्रेष्ठले सबैलाई रातो टीका लगाइदिएर स्वागत गर्नुभएको थियो ।
गोविन्द घिमिरेको निवासस्थान जोरपाटीमा आयोजित कार्यक्रममा बोधकथाको पुस्तक लोकार्पण पनि गरिएको थियो । परशुराम परासरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न साहित्यकारले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्ने कविहरूमा विनोद दाहाल वत्स, रञ्जु खनाल, बाजुराम पौडेल, रामचन्द्र दाहाल, सुरेशचन्द्र घिमिरे, शान्ति रिसाल, आलोक चालिसे, रामप्रसाद पन्त, अच्युतप्रसाद पौडेल चिन्तन, एनपी जनकपुरी, सुमित्रा श्रेष्ठ, वसन्त रिजाल, माधवलाल श्रेष्ठ, त्रिलोचन आचार्य रहनुभएको थियो ।
रचना वाचन गर्ने अन्य कविहरूमा नारयणकुमार आचार्य, भगतदास श्रेष्ठ, दुर्गा घिमिरे, रञ्जु खनाल, घनश्याम प्रसाईं, कृष्णराज पुडासैनी, विमल अर्याल, डिल्लीरमण सुवेदी, सुन्दर बस्नेत, निर्मल घिमिरे, सरिता घिमिरेलगायत स्रष्टाहरू रहनुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति गोविन्द घिमिरेले वाचन गरिएका कविताहरू सम्बन्धमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच