
गुल्मी । गुल्मीमा आगलागीबाट घरगोठमा क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका-५, डाँडापोखरीमा लागेको आगोबाट घरगोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार दिउँसो करिब ३:०० बजेको समयमा डाँडापोखरीस्थित निजी खरबारी तथा जङ्गलमा लागेको आगो फैलिएर घरगोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार ढकाल टोलका रविन ढकालको ढुङ्गा माटोले बनेको टिनले छाएको तीन तले घर र दुई तले गोठमा आगलागी भएको हो । त्यस्तै, अपरान्ह करिब ४:५० बजेको समयमा डाँडापोखरीका रिता ढकालको ढुङ्गा माटोले बनेको टिनले छाएको एक तले गोठमा आगलागी भएको बताइएको छ ।
घर र गोठ पूर्णरुपमा जलि क्षति भएको छ । आगलागीबाट मानवीय र पशु चौपायाको क्षति भएको छैन् । प्रहरी र स्थानीय करिब २५/३० जनाको सहभागितामा आगो निभाउने कार्य भईरहेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच