काठमाडौं । पाहुना टोली वेष्ट इण्डिज ‘ए’सँग लगातार तेस्रो हार बेहोरेसँगै घरेलु टोली नेपालले पाँच खेलको टी-२० सिरिज गुमाएको छ । बिहीबार भएको सिरिजको चौथो खेलमा वेष्ट इण्डिज ‘ए’सँग २८ रनले पराजित भएपछि नेपालले घरेलु मैदानमा भएको सिरिज एक खेलअगावै गुमाएको हो । पाँच खेलको सिरिजमा वेष्ट इण्डिज ‘ए’ले तीन-एकले जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न सफल भएको छ ।
पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछि लगातार तीन खेल गुमाएपछि सिरिज वेष्ट इण्डिजले जितेको हो । दोस्रो खेलमा १० रनले विजयी भएको वेष्ट इण्डिजले तेस्रो खेलमा ७६ रनको सानदार जित निकालेको थियो भने बिहीबार भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको हो । अब यी दुई टिमबीचको अन्तिम खेल शनिबार हुनेछ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २०९ रन बनाएको थियो । वेष्ट इण्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाउनुभयो । उहाँले ४६ बलमा आठ चौका र ६ छक्का प्रहार गर्नुभएको थियो । ९-१ को अवस्थामा ब्याटिङका लागि आउनुभएका फ्लेचरले दोस्रो विकेटका लागि जोनसन चाल्र्ससँग ९२ रनको साझेदारी गर्नुभएको थियो ।
चाल्र्सले ३० बलमा तीन चौका र ६ छक्कासहित ५८ रन बनाउनुभयो भने फाबियन एलनले १९ बलमा दुई चौका र तीन छक्कासहित ३३ रन जोड्नुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिनुभयो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले ८२ रन बनाए पनि टिमको हार टार्न सक्नुभएन । उहाँले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्नुभयो । यसबाहेक सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९ रन बनाउनुभयो । अभिनाश बोहराले १७ रन जोड्नुभयो ।
वेष्ट इण्डिजका म्याथ्यु फार्डे र हाइदेन वाल्सले समान तीन विकेट लिनुभयो । गुडाकेस मोटी र फाबियन एलनले समान दुई विकेट हात पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच