मकवानपुर । बागमती प्रदेशको केही जिल्लामा पछिल्लो वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयको चालू आर्थिक वर्षको तथ्यांक अनुसार पछिल्लो ९ महिनामा चितवनमा १७४ जना, मकवानपुरमा १०७ जना, सिन्धुलीमा ६१ जना, रामेछापमा ३१ जना, दोलखामा ४४ जना, काभ्रेमा ९४ जना, सिन्धुपाल्चोकमा ५८ जना नुवाकोटमा ५५ जना, धादिङमा ८३ जना र रसुवामा ७ जना गरि ७ सय १४ जनाले आत्महत्या गरेका छन् । तथ्यांक अनुसार आत्महत्या गर्ने जिल्लामा सबै भन्दा बढी चितवनमा र सबै भन्दा कम रसुवामा रहेको बागमती प्रदेश प्रवक्ता तथा सुचना अधिकारी रविकुमार पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै आर्थिक वर्ष ०७७/०७८ मा चितवनमा २१९ जना, मकवानपुरमा १४० जना, सिन्धुलीमा ६२ जना, रामेछापमा ६५ जना, दोलखामा ७० जना, काभ्रेमा १३६ जना, सिन्धुपाल्चोकमा ११० जना नुवाकोटमा ८६ जना, धादिङमा १४२ जना र रसुवामा ६ जना गरि १ हजार ३६ जनाले आत्महत्या गरेका छन् ।
यस्तै आर्थिक वर्ष ०७९र०८० मा चितवनमा २२४ जना, मकवानपुरमा १५२ जना, सिन्धुलीमा ९१ जना, रामेछापमा ५१ जना, दोलखामा ४९ जना, काभ्रेमा ९७ जना, सिन्धुपाल्चोकमा ९९ जना नुवाकोटमा ६१ जना, धादिङमा ११२ जना र रसुवामा ४ जना गरी ९ सय ४० जनाले आत्महत्या गरेका छन् ।
यस्तै यस्तै आर्थिक वर्ष ०७८/०७९ मा चितवनमा २१४ जना, मकवानपुरमा १२५ जना, सिन्धुलीमा ७४ जना, रामेछापमा ४३ जना, दोलखामा ५७ जना, काभ्रेमा ११६ जना, सिन्धुपाल्चोकमा १५ जना नुवाकोटमा ७७ जना, धादिङमा ९६ जना र रसुवामा ५ जना गरि ९ सय २ जनाले आत्महत्या गरेकाे बागमती प्रदेश प्रहरीको तथ्यांकमा छ।
बागमती प्रदेश प्रहरीका अनुसार पछिल्लो समय बागमती प्रदेशमा आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढ्दो छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच