काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा सूर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
कांग्रेस महामन्त्री थापाले शुक्रबारको संसद बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गर्नु भएको थियो ।
उहाँले भन्नुभएको थियो, ‘प्रहरी कार्यालय रुपन्देहीको गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएको प्रमाणहरु छन् । आफैँले माग फारम भरेर सहभागीबाट लिएको ऋणको प्रमाण पेश गरौ ? एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्रमाणहरु पेश गरौं ? कतिवटा प्रमाणहरु पेश गरौं ?’ थापाको प्रश्न थियो ।
संसद अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिनुभएको हो ।
उहाँले संसदीय छानविन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राख्नुभयो । उहाँले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताउनु भयो । उहाँले चुनौति स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । यदि दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न उहाँ तयार हो ? उहाँको प्रश्न थियो ।
रास्वपा सभापति समेत रहनुभएको गृहमन्त्री लामिछानेले आफूलाई सदनमा बोल्न नदिएर कांग्रेस डराएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, 'उहाँले मलाई किन डराउनुभएको भन्नुभयो ? मैले बोल्ने कुरामा किन डराउनुभएको ? एक पटक सदनमा बोल्न दिए त थाहा हुन्थ्यो नि ! किन डराएको किन नडराएको ? डर कसले मान्नुपर्ने हो ? '
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच