काठमाडौं । जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिनुभएको छ। यादवलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
स्वाथ्यमन्त्रीमा नियुक्त गरेलगत्तै शीतल निवासमा आयोजित समारोहमा उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो । त्यस्तै, राज्यमन्त्री हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराउनु भयो । खानले जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाउनु भयो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको सहभागिता रहेको थियो ।
आजै जसपा नेपालका अध्यक्षसमेत रहनुभएको उपप्रधान एव स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
जसपा नेपाल विभाजनपछि यादव अशोककुमार राई नेतृत्वकाे जसपामा हुनुहुन्छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच