पञ्चनका आगलागी पीडितलाई आर्थिक सहयोग

हिमालय टाइम्स
Read Time = 5 mins

सोलुखुम्बु । सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका पञ्चन-३ मा गत वैशाख १९ गते भएको आगलागी पीडितका लागि तीन लाख ३ हजार ६ सय ४२ रुपैयाँ राहत संकलन भएको छ । उक्त संकलित राहत रकम अभियानका संयोजक तथा नेपाली कांग्रसका महासमिति सदस्य नवीन थापाले सामाजिक सञ्जालमार्फत आगलागी पीडितका अभियन सञ्चालन गर्नु भएको थियो । सोलु-पञ्चन आगलागी पीडितका लागि संयुक्त सहयोग संकलन अभियान सञ्चालन गर्दै आउनु भएका थापाले सो संकलित रकम सोमबार थुलुङ दूधकोशी गाउँपालिका-३ पञ्चनमै पुगेर पीडितलाई हस्तातरण गर्नु भएको हो ।

उक्त संकलित रकम हस्तान्तरण कार्यक्रममा सोलुखुम्बु जिल्ला समन्वय सभापति कृष्णप्रसाद निरौला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा र थुलुङ दुधकोशी गाउँपालिका नेपाली कांग्रस सभापति सोमराज केसी, सो वडा अध्यक्ष इन्द्रमणि दाहालको रोहबरमा अग्नि पीडितलाई सो रकम विभाजन गरी हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रमा गाउँका अन्य गन्यमान्यलगायतको उपस्थिति रहेको थियो ।

सो हस्तान्तरण कार्यक्रमा जिल्ला समन्वय सभापति निरौलाले आगामी दिनमा यस्ता दुःखदायी खबर सुन्नु नपरोस् भन्दै अग्नि पीडितका लागि स्थानीय जनप्रतिनिधिहरू पार्टीभन्दा माथि उठेर चौडा छाती बनाउन आग्रह गर्नु भयो । यस्ता कार्यमा छरछिमेकीदेखि यो गाउँ छोडेर अन्यत्र बसाइँसरेर गएकाले पनि सहयोग गरेकाले पीडिलाई पीडा कम हुँदै जानेमा आशा व्यक्त गर्नु भयो । केन्द्रीय शेर्पाले तत्कालका लागि आगलागी पीडितलाई केही राहत होस् भन्ने आफू आएको र नेपाली कांग्रेस पार्टीका तर्फबाट पनि केही राहतका लागि पहल कदमी गरिने जानकारी पीडितलाई दिलाउनुभयो । थुलुङ दूधकोशी गाउँपालिका सभापति केसीले स्थानीय सरकारले आगलागी पीडिलाई तत्काल गासबासको व्यवस्था मिलाउन र राहतको प्याकेज घोषण गर्न माग गनु भयो ।

वडा अध्यक्ष दाहालले क्षतिका आधारमा परिवारलाई नगद पचपन्न हजारदेखि न्यूनतम २५,००० सम्म संयोजक थापाले ल्याउनु भएको नगद राहत वितरण गरिएकोे जानकारी दिनुभयो । स्थानीय कालीबहादुर अधिकारीलाई पशुचौपाया पनि क्षति भएको हुँदा १०,०००, पूर्णबहादुर अधिकारी ५५,०००, हस्तिमाया राई ५५,०००, बडिसुब्बा राई ५५,०००, उत्तरकुमार राई दिलबहादुर राई २५,०००, निशान राई २५,०००, बुद्धिमाया चर्मकार २५,००० पारसमणि राई २५,००० रुपैयाँ राहतस्वरूपप पूर्णरूपमा जलेर नष्ट भएका घरलाई वितरण गएिको हो । अगलागीले गोठ र घाँसपराल पनि जलेर नष्ट भएका परिवाजनलाई यथासक्य सबैलाई आर्थिक सहयो गरिएको संयोजक थापाले जानकारी दिनुभयो ।

गाउँपालिका-३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो गाउँ पसेपछि घरहरूमा सल्किएका थिए । एक दर्जन गाई, भैँसीको गोठ जलेका थिए भने गोठ जल्दा पशुचौपाया जलेका थिए । एक्कासि तीव्र गतिमा हावाहुरी आएर वनको डढेलो गाउँ पस्दा आगलागी भएको थियो । पीडतका लागि यो सहयोग महत्वपूर्ण रहेको भन्दै अध्यक्ष दाहालले सहयोगी सबैलाई धन्यवाद दिँदै राहत संकलनको संयोजन गरी यहाँसम्म आएर आर्थिक यहयोग गरेकोमा युवा नेता भन्दै थापालाई विशेष धन्यवाद दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?