![सुर्तीजन्य पदार्थको कर बढाउनैपर्छ : स्वास्थ्य मन्त्रालय](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Tobacco-tax-should-be-increased-Ministry-of-Health-Hita-fornt-page.jpg)
विश्वव्यापीकरणले गर्दा विश्वको भूगोल खुम्चिएको छ । मानिसहरू नजिक भएका छन् । प्रविधि जोकोहीको पहुँचमा सजिलै उपलब्ध भएको छ । थोरै किन्ने हैसियतको विकासका लागि आयस्तरमा विस्तार गर्नुपर्ने छ तैपनि सजिलै पाइन्छ । वैयक्तिक स्वभावले मानिस एक्लिरहेका छन् । हामी धेरै कुरा अन्य संस्कृतिको नक्कल गर्नेमा अगाडि छौं । राजनीतिक भेला, चिया गफ, जक्सन एवं भट्टी पसलदेखि मान्य नागरिकका समान्य, भोजभतेरदेखि भिभिआइपीमाझ विश्व ब्रहृमाण्डका कुरा गर्न हामी पछि पर्दैनौं ।
नेपाली समाजलाई काम लाग्ने कुरा जिकैका उत्तर तथा दक्षिणतिरका छिमेकीसँग सिक्नसके हालको अवस्थामा काफी हुनेछ । उनीहरूले विकास गरेको स्थिर राजनीतिक संस्कृति, आर्थिक विकासका सफल नमुना हो । सामजिक, भौतिक पूर्वाधारको रूपमा विकसित हुँदै गरेका संरचना तथा सञ्जालका बारेमा किन घोत्लिन सकेनौं ? राजनीतिमै अल्झेरका छौं ? यसको अन्तिम सत्य भनेको आममानिसको जीवनस्तरमा आउने सकारात्मक परिवर्तन हो भनेर स्वीकार गर्न सकेनौं । उत्तर अमेरिकी मुलुक हुन् वा युरोपियन तथा पूर्वी एशियाका मुलुक नै किन नहुन्, सबैले मौलिक अवस्था सुहाउँदो विकासको मोडल कार्यान्वयन गरेकाले उनीहरू आज यस अवस्थामा पुुगेका हुन् ।
आर्थिक पक्षले गति लिन राजनीतिक गतिविधिसँग जोडिएको प्रशासनिक अवस्थाको संस्थागत विकास र विस्तारमा प्रमुख राजनीतिक दलबीचमा मतैक्यता हुन जरुरी छ ।
दक्षिण एशियामा खुला बजार अर्थनीति, उदारीकरण लगभग एउटै समयमा भित्रिएको हो । भारत र नेपालमा एकाध वर्षजति मात्र फरकको मितिमा लागू गरिएको यस नीतिले नेपालीलाई कहाँ पुर्यायो र भारतको आजको विश्व आर्थिक मञ्चमा हैसियत कुन स्थानमा छ, सहजै अनुमान लगाउन सकिन्छ । जनसंख्याको हिसाबमा हेर्दा विश्वको एक नम्बरको अवस्था एवं राजनीतिक रूपमा हामीभन्दा फरक प्रणाली देखिँदैन । संघीयतालाई तीन तहमा राखेर हेर्यौं उनीहरू माझ दुई तहको छ । विविधता र सांस्कृतिक अफ्ठ्यारा स्थितिमा हामीभन्दा अझ अफ्ठ्यारो अवस्थामा रहेको भारतले प्रगति गर्न सक्छ भने नेपाल कुहिरोको कागजस्तो भएर रुमल्लिरहेको छ ।
भारतीय अर्थतन्त्रको विगत दुई दशकको वृद्धिदर औसतमा वार्षिक सातदेखि आठ प्रतिशतमा कायम रहन सक्यो भने यो अंक तीन÷चार प्रतिशतमा नेपाल कायम रहनसकेको छैन । भारतको वृद्धि निरन्तर राम्रो भए तापनि असमानता धेरै बढेर गएको छ । पूर्वाधार, आइटी सबै किसिमका उद्योगधन्दाको स्थापनामा सफल भएको छ । निर्यात निरन्तर बढ्दो, आन्तरिक अवस्था मजबुत छ । बेलायत र जर्मनलाई जिडिपीमा पछि पार्दै अब जापानलाई पनि उछिन्ने दौडमा छ । यतिमात्र नभएर आर्थिक तथा वैदेशिक नीतिगत स्पष्टता तथा कार्यान्वयनको अवस्था राम्रो छ ।
आर्थिक पक्षले गति लिन राजनीतिक गतिविधिसँग जोडिएको प्रशासनिक अवस्थाको संस्थागत विकास र विस्तारमा प्रमुख राजनीतिक दलबीचमा मतैक्यता हुन जरुरी छ । यस कुरालाई भारतले राम्रोसँग बुझेको मात्र नभएर तयार पनि देखिएको छ । धेरै अफ्ठ्याराबीच जसरी भारत र भारतीयहरूको अथक मिहिनेतले शैक्षिक प्राविधिक, व्यापारको क्षेत्रमा गरेको उन्नतिले विश्वमा आफ्नो उपस्थिति दिनानुदिन मजबुत बनाउँदै लगेको छ । समस्या हुँदै नभएको भन्न खोजिएको होइन । भारतमा विविध सामाजिक, सांस्कृतिक, राजनीतिक, भौगोलिक तथा सुरक्षासम्बन्धी धेरै संवेदनशील किसिमका समस्या छन् । यति हुँदाहुँदै आर्थिक क्षेत्र तारिफयोग्य छ ।
दक्षिण एशियाको सानो पहाडी मुलुक हो भुटान । भुटान भूपरिवेष्ठित मात्र नभएर भारतीय शासन-प्रशासनको नजिक भए चलिरहेको छ । भारतको सहयोग अन्य मुलुकको भन्दा माथि छ भुटानलाई । विकास, सामाजिक र सांस्कृतिक सूचकांकमा पछिपरेको भुटानले विगत २०÷२२ वर्षको दौरान हासिल गरेको उपलब्धि लोभलाग्दो छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, आर्थिक वृद्धि, प्रतिव्यक्ति आम्दानीजस्ता पक्षमा नेपालभन्दा धेरै माथि छ ।
जनसंख्या तथा भूगोल जेजस्तो भए तापनि व्यवस्थापकीय विषयमा मुलुकलाई स्थिरतातर्फ लैजानु, आन्तरिक तथा बाहृय स्रोतसाधनको परिचालनमा भएको चुस्तताले विकासको गति लक्ष्य तथा गन्तव्य हासिल हुनसकेको हो । भुटान र नेपालबीच भुटानी शरणार्थीको समस्या समाधान हुन नसकेपछि तेस्रो मुलुकमा स्थापना गरिएको धेरै भइसकेको छ । पछिल्लो समयमा खास गरी जलविद्युत् र पूर्वाधारमा भएको उच्चस्तरको लगानीले अर्थतन्त्र बचत हुन पुगेको छ । राजनीतिक रूपमा राजतन्त्रात्मक मुलुक भए तापनि वरिपरिका देश खासमा भारत र भारतीयहरूको प्रभाव भुटानमा स्पष्ट देख्न सकिन्छ ।
चिनियाँहरूले सबै क्षेत्रमा गरेको उन्नतिका पछि जनताको लगनशीलताको साथमा सरकारको दृढ विश्वास तथा परियोजनाको सयमभित्रै सफल कार्यान्वयनमा जागरुकता हो । आज अमेरिका र चिनियाँ दुईवटा बजारले विश्व अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने गरेको छ ।
सन् १९५० को दशकमा चीनमा विद्यमान गरिबी, असमानता तथा भोकमरीको तथ्यांक हेर्ने हो भने हाम्रो आङ जिरिंग हुने किसिमको थियो । मात्र ७० वर्षपछि अझ भन्ने हो भने सन् १९८० को दशकपछि चीनले विश्वको आर्थिक क्षेत्रमा देखाएको बाटो र सफलताको कथा सबै मुलुकका लागि उदारहणको बनेको छ । हिजोको गरिब चीनका कथाहरू एकादेशको जस्ता हुन पुगेको छन् । विगत २० वर्षमा चिनियाँहरूले प्राप्त आर्थिक क्षेत्रमा गरेको सफलतामा हामीमात्र नभएर विश्वका धेरै अन्य मुलुकहरूले पनि सजिलै विश्वास गर्न नसक्ने किसिमका छन् । कटुसत्य सबैले स्वीकार गर्नैपर्ने हुन्छ ।
चिनियाँले हासिल गरेको यो सफलताका पछि राजनीतिक वादप्रतिवाद, मिहिनेतको परिणाम मात्र भएको हो । यस कुरालाई धेरै कममात्र नेपाली जो आफूलाई समाजवादी हुँ भन्नेले स्वीकार गर्ने गरेका छन् । आजको विषम परिवेशमा पहिलो मुलुक जसले १०/१५ वर्षको अन्तरालमा २० करोडभन्दा बढी मानिसहरूको जीवनस्तर निरपेक्ष गरिबीबाट माथि उकास्न सफल भए । सन् २००० र २०२० को चीन आकाश पातालको फरक स्थितिमा देखिएको छ । यो २० वर्षमा चिनियाँहरूले विकास गरेको भौतिक पूर्वाधारका क्षेत्रको उन्नति र प्रगतिका कथा संसारभर उदारहण बनेका छन् ।
परियोजनाको छनौट, कार्यान्वयनमा देखिएको चुस्तता, लागत लाभको परिपक्वताले मात्र सफलता हाँसिल हुने गर्दछ । चिनियाँहरूको सबै क्षेत्रमा गरेको उन्नतिका पछि जनताको लगनशीलताको साथमा सरकारको दृढ विश्वास तथा परियोजनाहरूको सयमभित्रै सफल कार्यान्वयनमा देखिएको जागरुकता पनि हो । आज अमेरिका र चिनियाँ दुईवटा बजारलेमात्र विश्व अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने गरेको छ ।
सन् १९८७ मा बंगलादेशमा फैलिएको भोकमरीले लाखौं मानिसको अकाल मृत्यु भएको थियो । आर्थिक र व्यावसायिक क्षेत्रमा फट्को मार्न नसक्ने हो उपलब्धि फिका हुने हो । सानो भूगोल तर अत्यन्त ठूलो जनसंख्या र बहुसंख्यक मुसलमान धर्म मान्नेहरूको उपस्थितिले जनसंख्या वृद्धिमा भूमिका खेलेको थियो । बंगलादेशले पछिल्लो २० वर्षमा हासिल गरेको उन्नति लोभलाग्दो छ । शिक्षा, स्वास्थ्य, महिला हकअधिकार एवं रोजगारीमा गरेको प्रगति लोभलाग्दो छ । जनसंख्या नियन्त्रणमा धर्म बाधक बनेकाले महिला रोजगारलाई बढावा दिँदा यो समस्या धेरै हदसम्म कम भएको छ ।
अधिकांश भूभागमा पानीले डुबाउने भए तापनि विकासको बाटोमा नेपालभन्दा माथि छ । समस्या त यो मुलुकमा पनि कम भएका होइनन् तर विभिन्न उपायको खोजीमा लागिपरेका छन्, सफल पनि देखिएका छन् । कोभिडपछि ठूलो आर्थक संकटबाट गुज्रिएको श्रीलंका विस्तारै सुधारको बाटोमा लम्किरहेको छ । राजनीतिक रूपमा स्थिर छ । मानव पुँजीमा दक्षिण एशियमा सबैभन्दा माथि छ । केही नीतिगत अष्पष्टता र अन्योलता आर्थिक रूपमा छट्पटाएको यो मुलुकले अबको केही वर्षमै आफ्नो लय लिनेमा सबै ढुक्क देखिन्छन् । श्रीलंकाको भूगोल आर्थिक विकास तथा विस्तारका लागि निकै उपयुक्त मानिन्छ । खुला सामुद्रिक तट तथा उर्वर भूमि भएकाले सबै किसिमका कृषि पैदावार तथा उद्योगमार्फत बजारमा आउने वस्तु सस्तो देखिन्छ ।
अन्त्यमा, युरोप वा अमेरिकी मुलुकहरूको मात्र कुरा गर्ने हाम्रो परिपाटीमा वरिपरिका हामीभन्दा कमजोर मुलुकहरूले पनि विगत दुई दशकमा कसरी विश्वमा आफ्नो उपस्थिति मजबुत बनाउन सके भन्ने कुरालाई बिर्सनु हुँदैन । विगत दुई दशकमा फोहोरी राजनीतिमा मात्र ध्यान पु¥याउँदा बाँकी सबै पक्ष फिक्का हुँदै मुलुक असफल हुने हो कि भन्ने विषयमा ध्यान केन्द्रित हुन आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच