![गिरीबन्धु चिया बगान जग्गा प्रकरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Giribandhu-Tea-Estate-Land-Case-Uml-Congresh-fornt-page-Hita.jpg)
नमागिएको सल्लाह :
मेरो सोचाइ थियो कर्णाली राजमार्गको जिरो प्वाइन्टबाट हाम्रो कर्णाली यात्रा सुरु हुन्छ, त्यसो भएन । दैलेख जाने जिरो प्वाइनटबाट गाडी उकालो लाग्यो । कपासे ब्यारेक, लादे, सिद्ध पाइला, सुन्दर गुराँसे लेक हुँदै गुज्रने भएकाले स्थानीय यसलाई गुराँसेको बाटो पनि भन्दा रहेछन् । गुराँसेको चिसोमा बिहानी खाजा खान रोकिएको समयमा गुराँसेलाई नियाल्दा देखियो, सुविधाजनक रिसोर्ट खुलिसकेका । त्यो क्षेत्रको चर्चित हिल स्टेसनको रूपमा विकसित हुने क्रममा रहेको पाइयो ।
गुराँसे लेकबाट उचाइ लिइसकेपछि ओरालोतर्फको यात्रामा मेरो उत्सुकता दैलेख जाने बाटोबाट कर्णाली राजमार्गतर्फ कहाँबाट छुट्ने रहेछ भन्ने थियो । त्यो उत्सुकता छोटो प्रतीक्षापछि समाप्त भयो । माथिल्लो डुंगेश्वर भन्ने स्थानबाट यो बाटो मोडिने रहेछ । यसलाई जिरो प्वाइन्ट भन्दा रहेछन् । यहाँबाट बाटो छुट्टिन्छ भन्ने थाहा नपाएर धेरै सवारीसाधन सिधै दैलेख सदरमुकाम दुल्लु जाने बाटोतर्फ अगाडि बढ्दा रहेछन् । कर्णालीको बाटोतर्फ मोडिएपछिको बाटो खोलाको खोचका पहिरा खेपेर लगेको भएकाले प्राकृतिक विविधता नियाल्न त सकिन्छ तर यात्रा भने धेरै जोखिमपूर्ण छ । यस्तै नयाँपन जोखिमपूर्ण बाटो तय गर्दै तल्लो डुंगेश्वर पुगियो जहाँ दैलेखतिरको बाटो कर्णाली राजमार्गमा आएर मिसिँदो रहेछ ।
उमेर, शारीरिक अवस्था र बिग्रिएको बानीको दास भएर होला सुत्ने कोठामै शौचालय प्रकोष्ठ र त्यहाँभित्र कुर्सीजस्तो बस्न मिल्ने मलमूत्र बिसर्जन गर्ने साधन न्यूनतम् आवश्यकताजस्तो भएको छ । यसको उपलब्धताको कारण होटलवासको सवारी चालकको प्रस्तावलाई हामीले स्वीकार गरेका थियौं ।
अबको यात्रा कर्णाली नदीको काखैकाख हुनेरहेछ । कतै-कतै कालोपत्रे होला भन्ने अपेक्षा गरिएको थियो । त्यो अपेक्षामै सीमित भयो । सबै कच्ची, धेरैलाई सामान्य ग्राभेल भन्न मिल्ने, कतिपय बाटो खराब नै । निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । त्यहाँका सडक प्रशासकको उद्देश्य जेजसरी भए पनि सबै मौसममा चलाउन सक्नुमा क्षमता देखिने जस्तो लाग्यो । राजमार्ग भनेपछि त्यसको स्तरीयताका लागि खासै काम भएको देखिएन, भए पनि सुस्त । विदेशीका अगाडि राजमार्ग भन्न पनि लाजको पसारो छ । त्यसै भएर होला रात्रिको समयमा सवारी चलाउन निषेधित छ, स्थानीय भने सबै समयमा सवारी चल्न माग गरिरहेका छन् ।
हाम्रो दिवाखाना आठबीस नगरपालिकाको रुनिबगरस्थित शाही कालिकोट होटेल एण्ड लजमा भयो । जुन होटेल नितान्त ग्रामीण परिवेशको थियो । सबै प्रबन्ध काम चलाउ थिए । नाम भने कामभन्दा बढी व्यक्तित्व झल्किने किसिमको थियो । अब कर्णाली राकम क्षेत्रमा आइपुगेको छौं । राकम कर्णाली नदी किनाराको बस्ती हो । पारिपट्टि अछाम जिल्ला वारि दैलेख यसलाई राकम कर्णाली पनि भनिन्छ । कर्णाली पारिपट्टि अछाम जिल्लाबाट मध्यपहाडी राजमार्गको रमणीयता देखिन्छ, नदीमा पुल पनि बनिसकेको अवस्था छ । नेपाल सरकारले मध्यपहाडी राजमार्ग कोरिडोरमा पर्ने दश स्थानलाई शहरको रूपमा विकास गर्ने लक्ष राखेबमोजिम मध्यपहाडी राजमार्गलाई यहाँसम्म पुर्याएर कर्णाली राजमार्गसँग जोडिएको छ ।
तर, नियमित रूपमा सवारीसाधन चलेको अवस्था रहेनछ । त्यो बाटो भएर अछाम निस्कने उत्कट अभिलाषा भए तापनि सार्वजनिक सवारीसाधनको उपलब्धता नभएकाले अर्कोबाटोबाट फर्कनुपर्ने अवस्था बन्यो । राकम कर्णाली क्षेत्रमा अस्पताललगायत केही पूर्वाधारको विकास भइरहेको छ । तर, शहरी विकासको घोषणापछि जनमानसमा जुन चासो, चहलपहल हुनुपर्ने थियो त्यस्तो पाइएन । खासै, धेरै संख्यामा बसाइँसराइ भएको पाइएन । मानिसको आकर्षण सुर्खेत, नेपालगञ्ज नै देखियो । राकमबाट कालिकोट मान्म छिचोल्ने बाटो जोखिमपूर्ण मात्र होइन डरलाग्दो लाग्यो । साँघुरो, कच्ची, तलमाथिबाटै पहिरोले निल्लाजस्तो । मनमा ढ्यांग्रो बज्दै मान्म जाने उकालो चढ्न थालेपछि केही राहत भयो । बाटो उकालो भए पनि केही चौडा थियो, भीरहरू सामान्य थिए । भीर त भीरै हो, तापनि मनलाई सान्त्वना हुनेरहेछ ।
जति सदरमुकाम नजिक पुग्यो उति ठूला चट्टान, सदरमुकाम क्षेत्र त केही समथर भूभागमा होला भन्ने सोच थियो, होइन रहेछ चट्टानमाथि नै सदरमुकाम बसेको रहेछ । घर बनाउँनभन्दा घडेरी खार्न बढी खर्च लाग्लाजस्तो । लाग्यो यस्तो स्थानलाई के सदरमुकाम बनाएको होला ? सदरमुकाम क्षेत्रमा केही समय रोकेर अवलोकन गरौँ भन्दाभन्दै बजार समाप्त । चालक भाइले सबैको अनुरोध स्वीकार गर्दै सदरमुकाम नजिक तादी भन्ने स्थानमा गाडी रोके पनि त्यहाँ चिया खाजा पाउने अवस्था थिएन ।
हाम्रो आजको बास जुम्लाका लागि अझै असी किलोमिटर यात्रा तय गर्न बाँकी छ । माथि बडेमानका चट्टान तल डरलाग्दो चट्टानी भीर भएको बिहानी बजार, तेस्रो बजार हुँदै हामी पिली बजार पुग्यौँ । पिली नाम सुन्ने बित्तिकै मेरा कान उत्सुक भए । सम्झना भयो माओवादी सिर्जित सशस्त्र द्वन्द्वको समयमा यहाँको सुरक्षा फौजमाथि भीषण आक्रमण भएको थियो । भीरको माथिल्लो भागबाट गरिएको आक्रमणको कारण ज्यान बचाउन प्रतिरक्षामा उत्रेका धेरैजना तलको भीरबाट खसेर प्राण त्याग गर्न विवश भएका थिए ।
तिला गुफा नगरपालिकाअन्तर्गत भैंसीगौंडा, जालिकोट, टिमुरे, गाल्जे बजार हुँदै तिला नदीको किनार नाग्म बजार पुगेपछि धेरै राहतको महसुस भएको थियो । नाग्म मुगु जाने र जुम्ला सदरमुकाम जाने बाटो छुट्टिने स्थान हो । मान्मबाट जाँदा दाहिने बाटो समातेपछि जुम्ला सदरमुकाम पुगिन्छ । करिब ३४ किलोमिटर बाटो अधिकांश कालोपत्रे र सजिलो भएकाले कष्ट कम भयो । डुंडेली, कुँडारी, श्रीनगर, श्रीडुस्क, मिचा, महतगाउँ हुँदै तिला नदीले सिञ्चित गरेको रमणीय भूभागको अवलोकन गर्दै हामी सवार स्कोर्पियो चालक भाइले बन्दोबस्त गरिदिएको होटल कान्तिपुरमा दुई दिन घरजम गर्ने निर्णय गरियो ।
उमेर, शारीरिक अवस्था र बिग्रिएको बानीको दास भएर होला सुत्ने कोठामा नै शौचालय प्रकोष्ठ र त्यहाँभित्र कुर्सीजस्तो बस्न मिल्ने मलमूत्र विसर्जन गर्ने साधन न्यूनतम आवश्यकताजस्तो भएको छ । यसको उपलब्धताको कारण होटलवासको सवारी चालकको प्रस्तावलाई हामीले स्वीकार गरेका थियौं । होटेलको अन्य बन्दोबस्त खासै गतिलो थिएन । २०८१ वैशाख १२ गतेको दिन जुम्लाको खलंगा बजारबाट सूर्योदय हेर्ने अवसर जु¥यो । अनेक जोखिम, बाधाअड्चन पार गर्दै अर्को बिहानीको सूर्योदय हेर्न पाउनु सौभाग्य हो । विश्वका धेरै मानिसले अर्को दिनको सूर्योदय हेर्ने पाउँदैनन् ।
बिहानीको सुरुवात चन्दननाथ मन्दिरको दर्शनबाट सुरु गर्नु श्रेयस्कर थियो । चन्दननाथ कुनै भगवान् थिएनन् । शक्तिशाली महापुरुष थिए । काश्मिरबाट आएका चन्दननाथ बाबाले कल्लोल वंशको शासनको समयमा आफूसँग ल्याएको त्रिमूर्ति भनिने दत्तात्रेयको मूर्ति हालको चन्दननाथ मन्दिर क्षेत्रमा प्रतिस्थापना गरेका थिए । उनैले काश्मीरको मौसमसँग मिल्दोजुल्दो जुम्लाको हावापानी सुहाउँदो मार्सी धानको खेती गर्न सिकाएका थिए ।
चन्दननाथ मन्दिरका बारे अर्को कहावत पनि रहेको छ, जसनुसार कुनै किसानको गोठमा रहेको गाईले जति कोसिस गर्दा पनि दूध दिएन, गाईलाई चर्न छोडेको अवस्थामा अहिले मन्दिर भएको क्षेत्रमा पुग्दा गाईको थुनबाट आफैँ दूध झर्न थाल्यो । यो घटना गाई मालिकले अन्य गाउँलेलाई बताए । यस घटनापछि यो स्थान पवित्र भएको विश्वासमा मन्दिरको स्थापना गरियो । जनश्रुति जे भए तापनि मन्दिरको नामकरण चन्दननाथ भएको र कर्णाली प्रदेशमा नाथ सम्प्रदायका महापुरुषहरूको आवागमन भएको प्रमाणसमेत रहेको आधारमा जुम्लाको बसोवास बसाउँन प्रेरित गर्ने चन्दननाथ नामका महापुरुषकै सम्झनामा यो मन्दिरको स्थापना भएको भन्ने भनाइ बढी भरपर्दो प्रतीत हुन्छ ।
मन्दिर व्यवस्थापनमा चुस्तता छैन । सानो उदाहरण मन्दिर प्रवेश गर्दा देखिने स्थानमा रहेको कक्षलाई अथिति कक्ष लेखेको पाइएकाले सम्बन्धितलाई बोलाएर सुधार गर्न भनियो । अतिथि र अथितिको अर्थमा हुने फरक बारे यहाँ पनि नमागिएको सल्लाह दिनुपर्ने अवस्था बन्यो । मन्दिर दर्शनको क्रममा जिल्ला प्रशासन कार्यालय, जुम्लाबाट सेवा निवृत्त नायव सुब्बा पन्नाबहादुर रोकायासँग संयोगले भेट भयो । उनी २०५८/०५९ को समयावधिमा जुम्ला प्रशासनमा कार्यरत रहेछन् । जुन समयमा शाखा अधिकृतमा एकै दिन नियुक्ति भएका साथी प्रजिअ दामोदर पन्त जुम्ला आक्रमणको क्रममा दिवंगत भएका थिए । उनको मृत्यु कस्तो अवस्थामा भएको थियो ।
मनमा जिज्ञासा थियो । भेटिएका पूर्वकर्मचारी पन्नाजीसँग घटनाबारे बुझ्दा प्रजिअको आफ्नै कमजोरी र हठले जीवन समाप्त भएको भन्ने भनाइ रहृयो । हाल कार्यरत प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको पनि पन्नाजीसँग मिल्दोजुल्दो भनाइ रहृयो । भएको के रहेछ भने–माओवादीले जुम्ला सदरमुकाम आक्रमणको तयारीको जानकारी सबै सुरक्षा निकायलाई भइसकेको थियो । प्रहरी, नेपाली सेना सबैले तत्कालीन प्रजिअ पन्तलाई सुरक्षित स्थानमा रहनका लागि अनुरोध गरेका थिए । उहाँले आपत्कालीन अवस्थामा आफ्नो निवास परिसरमा रहेक बंकरको उपयोग गरेर सुरक्षित स्थानमा जान सकिन्छ भन्ने विश्वासमा आफ्नो निवासमामै बस्ने बताउनुभएछ ।
अनौठो लागेर सोधनी गर्दा त्यहाँको स्थानीय चलन त्यस्तै भएको जानकारी पाएपछि फर्कने मेसो मिलेकोमा दंग परियो । न हामी टिकट लिन हिँडेका थियौं न त पाइने आशा थियो । यसपछि हाम्रो यात्राको सीमा निर्धारण भयो । फुरुंग परेर फर्कने क्रममा एउटा स्थानीय विवाहको जमघटमा समाहित हुन पाइयो ।
पहिलेका प्रजिअहरूले जोखिमका दिनमा बंकरको अवस्था, अवरोध रहेको नरहेको बुझ्ने गरेका तर पन्तजीले त्यसो नगरी बंकरको भर परेको र प्रयोग गर्दा बंकरमा अवरोध भएका कारण निसासिएर मृत्युभएको भन्ने बुझिन आयो । आफ्ना सहकर्मी साथीको अज्ञानतावश भएको मृत्यबाट दुखित बन्दै श्रद्धाको अञ्जलि व्यक्त गर्दै आफ्नो लयमा फर्कनुबाहेक मसँग के विकल्प थियो र ? होटेल फर्कने क्रममा खलंगा बजारको गहना बन्ने सम्भावना रहेको जुगाड खोला बढ्दो प्रदूषणले काठमाडौंको टुकुचाजस्तो बन्ने अवस्थामा रहेको देखेर दुःख लाग्यो । यद्यपि, सफाइसम्बन्धी सचेतनासम्बन्धी सूचना जारी गरिएको अवस्था विद्यमान रहेको छ ।
यस पटकको यात्रा विनायोजना तय गरिएको भए तापनि योजनाबद्धभन्दा व्यवस्थित भएको छ । चन्दननाथ मन्दिर, कृष्ण मन्दिर, खलंगा बजार, कालिखोली बजार हुँदै पैदल भ्रमण गर्दै विमानस्थल पुग्दा विमानस्थलले आकर्षित गर्यो । मोटर पुग्नुअगाडि जुम्ला विमानस्थल त्यहाँको जीवनको आधार थियोभन्दा हुन्छ । मोटरबाटो पुगेपछि भने यसको मानसम्मान केही घटेको छ । विमानस्थल देखेपछि फर्कने टिकटका लागि जिज्ञासा जागेर आयो । सुरक्षाकर्मी प्रहरी भाइलाई सोधपुछ गर्दा एउटा मोबाइल नम्बर पाइयो । उक्त नम्बरमा फोनबाट उपलब्ध भएका कर्मचारीसँग चार दिनपछिको हवाई टिकटबारे जिज्ञासा राख्दा उपलब्ध होलाजस्तो भयो ।
स्टेसन मेनेजर नभएका कारण उनीसँग टिकट जारी गर्ने हैसियत रहेनछ । एकजनाको करिब सात हजार भाडा लाग्ने अवस्थामा दुई हजार रुपैयाँ बैनाबट्टा दिएर बोर्डिङ पास दिने कुरा गरे । अनौठो लागेर सोधनी गर्दा त्यहाँको स्थानीय चलन त्यस्तै भएको जानकारी पाएपछि फर्कने मेसो मिलेकोमा दंग परियो । न हामी टिकट लिन हिँडेका थियौं न त पाइने आशा थियो । यसपछि हाम्रो यात्राको सीमा निर्धारण भयो । फुरुंग परेर फर्कने क्रममा एउटा स्थानीय विवाहको जमघटमा समाहित हुन पाइयो । नाचगान गर्दै दुलही भित्र्याउने क्रममा विनाबुलाये मेहमानको रूपमा विवाहको रौनकमा सामेल भइयो । सबै नाचेको देखेर मन थाम्न सकिएन । ढंग नपुगेको नाच भए पनि नाचियो ।
कुनै शहरमा अपरिचित हुनुको मज्जा अर्कै हुन्छ । जागिरे जीवनमा सधैंजसो तामझाम र औपचारिक जिन्दगी बिताएको मेरा लागि कुनै नयाँ शहरमा कसैले नचिनोस् जस्तो लाग्दछ । अपरिचित यात्रीको रूपमा हिँड्न डुल्न औधि मजा लाग्दछ । केही जानकारी लिनुपर्ने कारणबाहेक कहीँ कतै आफन्त वा राज्यसंयन्त्रका अधिकारीहरूसँग हिजोको परिचय भजाएर लाभ लिन फिटिक्कै मन लाग्दैन । यो विवाह समारोहमा अपरिचित भएकै कारण छमछमी नाच्न पाइयो । बाजा बजाउँने कलाकारसँग फोटो खिचाउँन र उनीहरूसँग नाचगान गर्न पाइयो । यस्तो खुशी औपचारिक यात्राको क्रममा कहिल्यै मिलेको सम्झना छैन ।
खुशी बन्न ठूलो विषय नचाहिने रहेछ । कुनै पण्डित, पूजारी, मौलाना, पादरीको प्रवचन आवश्यक नपर्ने रहेछ । खुशी त मन हाँसेको अवस्था रहेछ । ओठको हाँसो कृत्रिम पनि हुनसक्दछ तर मनको हाँसो स्वतस्फूर्त हुनेरहेछ । मन हाँसेको अवस्थाको ओठको हाँसोमात्र साँचो हाँसो हो । आजको यो विवाहमा मेरो मन हाँसेको छ । मन दंगदास भएको छ । खानापछिको केही समयको आरामको समयमा यात्राको समीक्षा गरियो । उठेर शहरको अग्लो स्थानमा रहेको बुद्धको स्तूपमा गएर जुम्ला उपत्यका, उपत्यकाकी जीवनदायिनी तिला नदी, सुन्दर खेत विभिन्न बाडाहरूको अवलोकन गरियो । भण्डारी बस्ने गाउँ भण्डारी बाडा, आचार्य बस्ने गाउँ आचार्यबाडा भनिँदो रहेछ । क्रमश :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच