✍️ धनप्रसाद पण्डित
वैशाख दुई गते बुधबारको अंकबाट क्रमशः
यस अध्ययन भ्रमणका बारेमा सुर्खेत घर भएका यसै क्याम्पसका कर्मचारी राजु चित्रकारको विचार यस्तो छ ः ‘आज वैशाख २५ गते पद्मकन्या क्याम्पसका प्रमुख प्रा.धनप्रसाद पण्डित, बिबिएम कार्यक्रमका संयोजक अग्निधर पराजुली, अंग्रेजी विभागका खुमप्रसाद शर्मा, तथा प्रशासन फाँट प्रमुख सिमा अर्याल र क्याम्पसका ३१ जना विद्यार्थी बिहान ९ः१० मा प्राचीन काँक्रे विहार पुग्यौं । बस्ती नभएको बेला कुन राजाको पालामा कसले बनायो होला दक्षिण भारतीय किसिमको यो काँक्रे विहार । छरपस्ट गरी विहार भत्काइएको अवस्थामा भेटिएको हो भन्ने भनाइ छ । कसले बनाएको हिन्दु, बौद्ध कुन कालमा बनाइएको हो भन्ने बारेमा केही जानकारी छैन । भनाइअनुसार महाभारत कालमा पाण्डवहरूको वनवासका बेलामा बनाइएको हुनुपर्छ भन्ने भनाइ पनि सुनिन्छ ।
शैक्षिक भ्रमणको रुपमा मुगुको राराताल पुगी फर्कने क्रममा सुर्खेतमा आइपुगेको कुरा मैले खुम सरबाट थाहा पाएँ । आफ्नै क्याम्पसका क्याम्पस प्रमुख, शिक्षक, प्रशासक र विद्यार्थी आफ्नै ठाउँमा आइपुगेको सुन्दा मेरो खुशीको सीमा रहेन । बेलुका उहाँहरू बसेको होटेलमा भेट भयो । सँगै चिया खायौं । खुम सरले चिन्नुभएका मेरै गाउँले भाइ बबिन पोखरेलले क्याम्पस प्रमुख, खुम सर र मलाई दिनुभएको ट्रिटमा भएका गफगाफ र स्मरणका कुराहरू स्मरणलायक थिए ।
निकुञ्जभित्र प्रवेश गर्नासाथ प्रथम चरणमा हामीले मिश्रित जंगल देख्यौँ । त्यहाँ हामीहरूले केही मृगहरू र एउटा न्याउरी मुसो देख्यौं । त्यसपछि बाँदरहरू पनि देख्यौं । जंगलको अझैं भित्र हामीहरू एउटा अवलोकन स्थलमा गयौं । त्यहाँबाट अरू बेला गोहीका प्रजातिहरू देखिन्थे ।
आज बिहान मेरै नेतृत्वमा उक्त टोली काँक्रे विहार, शिवमन्दिर, बुल्बुले ताल आदि रमणिय ठाउँहरूमा घुमियो । रहस्यको गर्भमा रहेको काँक्रे विहार र शिवमन्दिरको बारेमा मैले बताउन पाउँदा धेरै खुशी लाग्यो ।
भ्रमण दलका सबै सर, मेडम र बस चालकहरूसमेत भ्रमणलाई मर्यादित पूर्ण र रोमाञ्चित बनाउन ज्यादै उत्साहित र सतर्क रहेको पाइयो । क्याम्पस प्रमुख, खुम सर र कहिलेकाँही विद्यार्थीबाट समेत आउने रमाइला टिप्सहरूले सबैलाई हर्षित पार्दथे । भ्रमण अझै केही दिन बाँकी रहेको थाहा भयो । आज बर्दियाको राष्ट्रिय निकुञ्जमा जाने कार्यक्रम रहेछ । मलाई पनि जाऊँ भन्नुभएको थियो । तर घरमा पर्सि छोराको व्रतबन्धको कार्यक्रम रहेकोले म जान सकिनँ । यस भ्रमणको पूर्ण सफलताको कामना राख्दछु ।’
काँक्रे विहारपछि हामी शिवमन्दिर घुम्न गयौं । त्यहाँ अर्घ नारीश्वरको मूर्ति रहेछ । धेरै जनाले फोटो खिची दर्शन गरेर फर्कियौं । त्यसपछि यहाँको तेस्रो गन्तव्य सुर्खेतको बुलबुले ताल हेर्न गयौं । बाटामा लाटी कोइली भन्ने ठाउँ भएर आएका थियौं । बुलबुले ताल नजिकैको उद्यान रहेछ । चिप्लेटी खेल्यौं । बुलबुले तालमा सार्वजनिक शौचालय चाहिँ नयाँ, राम्रो र सफा रहेछ । त्यसपछि टोली राजु चित्रकारको घरतिर लाग्यो ।
छात्रा सिर्जना कार्की यस अध्ययन भ्रमणका विषयमा लेख्छिन् : ‘मेरो जीवनको सबैभन्दा लामो यो भ्रमणको आज ११औं दिन हो । होटेल बुलबुलेमा बसेका थियौं । जुन सुर्खेतमा रहेको छ । राति सुर्खेतको प्रख्यात कुल्फी पनि खान गएका थियौं । प्यारा रुममेटहरू अनिजा, सुनैना, अञ्जलीसँग म बजार पनि घुमेँ । बिहान सात बजे होटेलबाट चेक आउट गरेर केही महत्वपूर्ण ठाउँहरू घुम्न गयौं । त्यहाँबाट बर्दिया निकुञ्जको लागि निस्कनेछौं । देउती बज्यै मन्दिरमा दर्शन गर्यौं । त्यसपछि दिवा भोजन गर्न पुनः हिजै बसेको होटल बुलबुलेतिर लाग्यौं ।’
बिबिएम छैटौँ सेमेस्टरकी छात्रा इच्छा काफ्ले यस शैक्षिक भ्रमणका बारेमा लेख्छिन् : ‘आज हाम्रो भ्रमणको १२औं दिन हो । बिहानको सात बजे बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भयो । बिहान ६ः५५ मै टिकट लिएर गेटभित्र छिरेका थियौँ । यो निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रमा विस्तार भएको रहेछ । यहाँ ३८ गैंडा, ८७ बाघ, ६२ जंगली हात्ती रहेको तथ्यांक पाइन्छ । यो तराईको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । आजसम्मको हाम्रो यात्रा अविस्मरणीय रहृयो । यो मेरो जीवनको अहिलेसम्मको लामो यात्रा थियो । मैले यस यात्रामा धेरै कुराहरू अवलोकन गर्ने अवसर पाएँ ।
यहाँ हामीलाई सफारी गराउनुहुने दाइहरूद्वारा पनि धेरै कुरा सिक्ने मौका पाएँ । यहाँ घुम्न र डुल्न पाउँदा हाम्रो मनमा उमंग र उत्सुकता नै वेग्लै छ । यहाँको बारेमा धेरै विषयमा सोधपुछ गरेर अवगत गर्ने अवसर प्राप्त भयो । आज हाम्रो भ्रमणको अन्तिम दिन पनि हो । हाम्रो यो यात्रा कठिनको साथसाथै रमाइलो पनि रहृयो । शैक्षिक भ्रमणको यात्रा सकिने बेला भए पनि हामी भ्रमणमा यति रमाउँदै थियौं कि हामीलाई समय सकिएको पत्तै भएन । आशा छ फेरि यस्तै भ्रमण गर्ने मौका प्राप्त हुनेछ ।’
बिबिएम छैटौं सेमेस्टरकी छात्रा प्रतीक्षा भट्टराई बर्दिया राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमण बारे आफ्नो अनुभव यसरी प्रकट गर्छिन् ः ‘आज बिहान ०३ः०५ बजे मोबाइल फोनको अलार्म बज्नासाथ मेरा आँखा खुले । हिजो राति बिबिएमका निर्देशक अग्निधर पराजुली सरले दिनुभएको निर्देशन अनुसार बिहान ४ः३० सम्म तयार भएर थारू होम्स रिसोर्टको आँगनमा जम्मा हुनुपर्ने थियो । यसका लागि साथीहरू पनि उठे । हामी सबै जना पालैपालो तयार भयौं र निर्देशित समयमा तोकिएको ठाउँमा भेला भयौं । केही समस्याका कारण हाम्रो निकुञ्जको यात्रा तोकिएको समयमा सुरु भएन । त्यसैले हामी साथीहरू सबै जनाले गीत बनाउने, छलफल गर्ने गरी समयलाई रोमाञ्चक बनायौं ।
राष्ट्रिय निकुञ्जान बेलायती राजकुमार हेनरी नेपाल आउँदा स्मृतिका रूपमा शिलालेख राखिएको थियो । त्यस ठाउँलाई हेनरी चोक भनिँदो रहेछ । त्यस चोकको दायाँतिरको अर्को अवलोकनमा स्थल पुग्यौं । त्यस स्थलको दृश्य बीचबाट कर्णालीबाट फुटेर आएको खोलाले लोभलाग्दो बनाएको थियो ।
बिहान शिक्षकहरू र हाम्रो यात्राको गाइड तोकिएको ठाउँमा आइपुग्नु भयो । हामी विद्यार्थीहरू उज्यालोको किरणले बर्दियालाई छुन नपाउँदै तयार भएर बसेका थियौं तर हाम्रा अभिभावक भनेको भन्दा झण्डै एक घण्टा ढिलो आउनुभयो भन्ने कुराले हामी सबैमा खिन्नता छायो । हामीले थोरै खुसखुस आवाजमै भए पनि आफ्नो असन्तुष्टि जाहेर ग¥यौं । यात्रामा हिँडेको आज १२औं दिन हो । यसकारण शिक्षकहरू पनि थकित हुनु भएर होला । यति अबेला हुँदा पनि अभिभावकको अनुहारमा थोरै खिन्नताको भाव देखिएन ।
यात्रीहरूले चिया खाइसकेपछि हाम्रो आजको यात्राको योजना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा सफारीका लागि निस्क्यौँ । मलगायत यो यात्रामा आउँदा र अन्य समयमा पनि मेरा अत्यन्त प्यारा साथीहरू इच्छा, स्वस्तिका, शशि, दीक्षा र प्रशंसाका साथै हाम्रो क्याम्पस प्रमुख धनप्रसाद पण्डित सर पनि हामीसँगै एउटै जिपमा हुनुहुन्थ्यो । आजको हाम्रो यात्रामा हामी पहिला ठाकुरद्वारास्थित टिकट काउन्टरमा गयौं । त्यहाँ कागजी काम नसकिँदा र टिकट नआउँदासम्मको समयमा निकुञ्जको मुख्य गेटमा सबै जनाले तस्वीर लियौं । हामीहरूले टिकट लिएर गेटभित्र प्रवेश गर्दा ०७ः१५ बजिसकेको थियो ।
निकुञ्जभित्र प्रवेश गर्नासाथ प्रथम चरणमा मिश्रित जंगल देख्यौँ । त्यहाँ केही मृगहरू र एउटा न्याउरी मुसो देख्यौं । बाँदरहरू पनि देख्यौँ । जंगलको अझैं भित्र हामीहरू एउटा अवलोकन स्थलमा गयौं । त्यहाँबाट अरू बेला गोहीका प्रजातिहरू देखिन्थे भनेर हामीलाई सतिराम थारू गाइड दाइले बताउनुभयो । तर हामीले भने त्यो अवसर पाएनौं । हामीहरू त्यसपछि सालैसालको जंगल भएको ठाउँमा पुग्यौँ । त्यहाँ बेलायती राजकुमार हेनरी नेपाल आउँदा स्मृतिका रूपमा शिलालेख राखिएको थियो । त्यस ठाउँलाई हेनरी चोक भनिँदो रहेछ । त्यस चोकको दायाँतिरको अर्को अवलोकनमा स्थल पुग्यौं । त्यस स्थलको दृश्य बीचबाट कर्णालीबाट फुटेर आएको खोलाले लोभलाग्दो बनाएको थियो ।
पानी खरबाट बनेको देखिन्थ्यो । बीचमा खोला थियो अनि सबैतिर सालघारी । त्यहाँ ३० मिनेट पर्खेर बाघ हेर्ने प्रयास गरियो तर त्यो मौका नमिलेपछि हामी ठाउँ परिवर्तन गरी एउटा अर्कोमा गयौं । त्यहाँबाट कुनै विशेष जंगली जनावर देख्ने मौका पाइएन । पुनः एकपटक अर्को अवलोकनस्थलमा गयौं । त्यहाँबाट बाघ देख्ने सम्भावना थियो तर त्यहाँ पनि सफल हुन सकेनौँ । हाम्रो भाग्यमा नै बर्दियाको बाघ हेर्ने अवसर रहेनछ । यत्तिकैमा बर्दियाको भ्रमण गरिसकेर हामीहरूले फर्किने निर्णय गर्यौं ।
क्याम्पस प्रमुख सरबाट उहाँको जीवनका अनुभवहरू सुन्ने मौका पायौं । उहाँले १३ वर्षमा विवाह गर्नुभएको, उहाँको पढाइ, देशविदेशका यात्राहरू, जीवन संघर्ष, साथीहरू, सपनाहरू यावत कुराहरूलाई हामीले नजिकैबाट नियाल्न पायौं । यसका लागि म लगायत मेरा सबै साथीहरू असाध्यै आभारी छौं । बर्दिया निकुञ्ज भ्रमणमा फर्किदै गर्दा त्यहाँ पाइने पाँच जातिमध्ये सर्मदिया नामको जरायो हेर्ने अवसर पायौं । फर्किएर गेटनिर आई पुगेर गोही ब्रिडिङ गर्ने ठाउँ पनि घुम्यौँ । त्यहाँ हामीहरूले घडियाल गोही र कछुवा पनि हे¥यौं । अन्तिममा लेख्नु पर्दा आज हामीहरूले बाघ हेर्न नसके पनि आजको यात्रा सारै नै सफल र रमाइलो बन्यो ।
खुल्ला आकाश, घना जंगल, चराहरूको चिरबिर, विस्थापित गरिएको गाउँलेका जग्गाहरू, जंगली जनावरका आवतजावतका निसानहरू हेर्दाको समय सरको जीवन कथाका केही क्षणहरूले हाम्रो यात्रालाई सारै स्मरणीय बनाएका छन् । सम्पूर्ण बिबिएम प्रशासन, क्याम्पस प्रशासन अनि विशेषत क्याम्पस प्रमुख सर, बिबिएम निर्देशक सर, सिमा म्याम, अर्जुन दाइ, खुम सरलगायत चालक र सहचालक मेरा यात्रामा सहभागी सार्थीहरू यो यात्रालाई सफल र स्मरणीय बनाइदिएकोमा म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसअघि मेरो जीवनमा यति लामो यात्रा गर्ने मौका पहिला मिलेको थिएन । यस पटकको अनुभवले मलाई यात्रासँग मोह बसेको छ । मौका मिलेसम्म र मिलाउन सकेसम्म फेरि पनि यसरी नै यात्रा गर्ने रहर जागेको छ ।’
यात्राका क्रममा चितवनको सौराहा पुगेपछि छात्रा मेघा सिंहले आफ्नो अनुभवलाई यसरी अभिव्यक्त गरेकी छन् ः ‘हाम्रो सौराहा आउने योजना पहिले नै भएका कारण ढिला भए पनि जसोतसो गरी सौराहा पुग्यौं । यहाँ पुगेपछि हामी सम्पूर्ण विद्यार्थी खानपिन सकाई आराम गर्नतर्फ लाग्यौं । भोलिपल्ट बिहान पाँच बजे उठी सम्पूर्ण कार्य सकाई यो डाइरी लेख्दै छु । यो शैक्षिक भ्रमण मलाई अत्यन्त रमाइलो लाग्यो । त्यतिमात्र नभई हामीले धेरै कुराको अनुभव गर्यौं । एकअर्काको दुःख बुझी सहयोग गर्न सिक्यौं ।
मानिसको जीवन कति असहज हुँदो रहेछ भन्ने देख्यौं र आफूले जे पाएका छौं त्यसमा खुशी हुनुपर्छ भन्ने ज्ञान प्राप्त ग¥यौं । आज भ्रमणको अन्तिम दिन हो भनेर सोच्दा पहिलो दिनदेखि आजको दिनसम्मका घटनाहरूको झलझली याद आउँछन् । साँच्चै यो भ्रमणले हामीलाई एउटा नयाँ अनुभव दियो । हाम्रो भ्रमण सकिए पनि यो भ्रमणमा बिताएको समय जीवनभर याद रहिरहनेछ ।’ क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच