![प्रचण्ड सरकारको खस्किँदो साख, घट्दै जनभरोसा, बढ्दै अविश्वास !](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Government-led-by-Prime-Minister-Pushpa-Kamal-Dahal-Prachanda-Hita-fornt-page.jpg)
काठमाडौं । जर्मनी बुण्डेस लिगमा बायर लिभरकुसेनले अपराजित रहदै सिजनको समाप्त गरेको छ ।
गएराती सम्पन्न सिजनको लिगको अन्तिम खेलमा लिभरकुसेनले अगस्बर्गलाई २–१ गोल अन्तरले पराजित गर्दै सिजनमा अपराजित रहेको हो । यस सिजनमा अपराजित रहदै पहिलो पटक लिभरकुसेनले बुण्डेसलिगाको उपाधि जितेको छ ।
लिभरकुसेन यसअघि ५ पटक उपविजेता बनेपनि लिगको उपाधि पहिलो पटक जितेको हो । लिभरकुसेन यस सिजनमा खेलेका सबै ५१ खेलमा अपराजित रहेको छ ।
त्यस्तै जर्मनी लिगमा भने लिभरकुसेनले ३४ खेलमा २८ जित र ६ बराबरी खेलेको छ । जर्मनी लिगमा लिभरकुसेनले ८९ गोल गर्यो भने २४ गोल खाएको छ ।
लिभरकुसेनले यस सिजनमा अझै दुई ट्रफी जित्न सक्ने देखिएको छ । लिभरकुसेन अब मे २३ मा युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्ने छ भने मे २५ मा जर्मनीको डिएफबी पोकलको फाइनलमा एफसी काइसेरस्लाउटर्नसँग खेल्ने तालिका रहेको छ ।
![संसदीय छानविन समिति बनाउन सत्ता-प्रतिपक्षीबीच सहमति](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/parliamentary-investigation-committee-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच