शिक्षक संघ नवलपरासी र रामनगर अस्पतालबीच सम्झौता, शिक्षकको उपचारमा बिशेष छुट

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नेपाल शिक्षक संघ नवलपरासी र रामनगर सामुदायिक अस्पताल बिच शिक्षकहरुको उपचार गर्नेमा विशेष छुट दिने गरी सम्झौता भएको छ ।

नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा आज एक कार्यक्रमकाबीच संघका जिल्ला अध्यक्ष भोजराज चापागाईं र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष देवराज भण्डारीले सयुक्त रुपमा शिक्षक सहुलियत स्वास्थ्य सेवा सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

पन्ध्र शैयाको रामनगर सामुदायिक अस्पतालले शिक्षकको उपचारका लागि बेड चार्जमा २० प्रतिशत छुट, ओ.पि.डि. र चेक अफ १० प्रतिशत र मेडिसिनमा ५ प्रतिशत छुट दिने गरि सम्झौता गरिएको अस्पतालका अध्यक्ष देवराज भण्डारीले उल्लेख गर्नु भयो । शिक्षक संघका साथीहरुको कार्ड र सिफारिसका आधारमा शिक्षकहरुलाई सहुलियत स्वास्थ्य सेवा प्रदान गरिने भण्डारीले बताउनु भयो

शिक्षक संघ शिक्षकहरुका हरेक समस्याको समाधानमा अग्रसर रहेको बताउदै अध्यक्ष चापागाईंले शिक्षक बिरामी परेमा घर परिवार र विद्यालयसंगै सिङ्गो समाजमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्नु भयो । शिक्षकहरुको स्वास्थ्य उपचारमा केही सहुलियत होस् भनेर अहिले रामनगर अस्पतालसङ्ग सम्झौता गरिएको र आगामी दिनमा अन्य ठुला ठुला अस्पतालमा पनि सम्झौता गरिने चापागाईंले बताउनु भयो ।

उपाध्यक्ष शिवा रेग्मीको स्वागत रहेको कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष भोजराज चापागाईं र कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन प्रसाद पाण्डेले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?