![बाँकेमा वनक्षेत्रमा बनाइएका घरटहरा हटाइए](https://ehimalayatimes.com/wp-content/uploads/2023/06/JCB-Dojer.jpg)
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूले कहिले पनि दुई वटा नागरिकता नलिइएको बताउनु भएको छ ।
तर, आफूविरुद्ध नेपाल सरकारले प्रतिसोध साँधेको बताउँदै उहाँले राजनीतिक ब्ल्याकमेलिङ गरेको आरोप समेत लगाउनु भएको छ । आफूमाथि पक्राउ पूर्जी जारी गर्नुको अर्थ पूर्वाग्रहका रुपमा सरकारले लिएको उहाँले बताउनु भएको छ ।
अदालतबाट किर्ते नागरिकतामा पक्राउ पुर्जी जारी भएको र कान्तिपुर मुख्यालयमा सादा पोशाकका प्रहरी तैनाथ भएपछि भिडिओ सन्देशमार्फत अध्यक्ष सिरोहियाले यस्तो आरोप लगाउनु भएको हो ।
उहाँले भन्नुभयो,‘गृहमन्त्रीले ममाथि प्रतिशोध साँध्न खोज्नुभएको छ । म यो टिभीबाट के भन्न चाहन्छु भने मलाई लगियोस, थुनियोस वा जेसुकै गरियोस, कान्तिपुर मिडिया ग्रुप आफ्नो कर्तव्यबाट अलिकतिपनि तलमाथि हुँदैन । अझै सशक्त ढंगले अघि जान्छ । कान्तिपुर मिडियामाथि विगतमा पनि पटक पटक प्रहार भएकै थियो । तर, हामी कहिल्यैपनि विचलित भएका थिएनौं, हुने छैन ।’
सिरोहियाको नागरिकतामा कैफियत रहेको भन्दै प्रहरीले छानविन अघि बढाएको छ । त्यसक्रममा मंगलबार जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र पनि लिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच