आहा रारा ! जाने होइन त घुम्न (तस्बिरहरु)

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा नेपाल कै प्रमुख पर्यटकीय आकर्षणको केन्द्र हो । गर्मी छल्न आउनेहरुकाे लागि यो मौसम उपयुक्त मानिन्छ ।

नेपालगन्जबाट हवाई र स्थल दुवै मार्गबाट रारा पुग्न सकिन्छ । यहाँ पर्यटकको सुविधाका लागि अहिले पर्याप्त होटल तथा लजहरु पनि बनेका छन् ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको रारा ताललाई सन २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो । यो ताल १० दशमलव ६२७ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तालको औसत लम्बाइ ५ दशमलव २ किलोमिटर, चौडा ३ किलोमिटर र गहिराइ १ सय ६९ दशमलव ९३० मिटर छ ।

रारा ताल जान वर्षभरि नै उपयुक्त भए पनि बढ्दो गर्मी छल्न र फूलैफूलले ढाकेको रारा हेर्न आन्तरिक तथा वाह्य पर्यटकको ठूलो संख्यामा यो सिजनमा रारा पुग्ने गर्दछन ।

रारा तालको पूरा आकृति हेर्न समुद्र सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्माटप हिमाललाइ उपयुक्त स्थान मानिन्छ । यहाँबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका ६ जिल्ला समेत देख्न सकिन्छ भने छायानाथ, कान्जिरोवा, कान्ति र चंखेली हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

माथिल्लो मिलि र लामाचौर सम्म सवारीसाधन लिन पाइए पनि त्यहाँ देखि रारा ताल आसपास र मुर्माटपसम्म भने पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न नसक्नेका लागि यहाँ घोडाहरु तैनाथी अवस्थामा व्यवसायिले राखेका हुन्छन । सवारीसाधन छाडेपछि करिब ३० मिनेटको यात्रामा तालको छेउ पुग्न सकिन्छ ।

ताल छेउ पुगेपछि हिँडाइको थकान सबै मेटिने गर्छ । कर्णाली प्रदेश राजधानी सुर्खेतबाट दुई दिनको सवारीसाधनको यात्रा र नेपालगञ्ज देखि ४० मिनेटको हवाई दुरिको यात्रापछि मुगु स्थित रारा विमानस्थल पुगेपछी त्यहाँबाट २ घण्टा पैदल यात्रापछि रारा पुग्न सकिन्छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?