काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेट सुरु हुन केही दिनमात्र बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई पदबाट बर्खास्त गरेको छ । सन् २०२२ को जुलाई महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएका पुबुदुलाई क्यानडाले पदबाट हटाएको क्रिकबजले जनाएको छ ।
श्रीलंका र क्यानडाका पूर्वखेलाडीसमेत रहनुभएका पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म दुईपटक नेपालको प्रशिक्षक बन्नुभएको थियो । यस्तै, उहाँ अमेरिकाको प्रशिक्षक पनि बन्नुभएको थियो ।
पुबुदुले क्यानडाको प्रशिक्षकका रूपमा दोस्रो कार्यकाल सम्हाल्दा टोलीलाई छनोट चरण पार गराउँदै यसपटकको टी-२० विश्वकपमा पुर्याउनुभएको थियो । यस्तै, उहाँकै नेतृत्वमा क्यानडाले सन् २०२३ विश्वकप क्वालिफायर प्लेअफमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता प्राप्त गरेको थियो ।
क्यानडा क्रिकेट संघमा नयाँ नेतृत्व आएपछि विश्वकपका लागि खेलाडी छनोटको विषयलाई लिएर पदाधिकारी र प्रशिक्षकबीच विवाद देखिएको थियो । यस्तै, केही खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेप्रति असन्तुष्टि जनाएका बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच