काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ प्रशिक्षकमा मनिष तिम्सिना नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपिङ प्रशिक्षकमा तिम्सिनालाई नियुक्त गरेको जानकारी दिएको हो ।
उहाँहरूलाई एन्फा महासचिव किरण राईले नियुक्तिको पत्र प्रदान गर्नुभएको थियो । यसअघि टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र विनोद डंगोल गोलकिपिङ प्रशिक्षक हुनुहुन्थ्यो । कटुवाल र डंगोलको सम्झौता सकिएकाले उहाँहरूको स्थानमा घिमिरे र तिम्सिनालाई नियुक्त गरेको एन्फाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच