काठमाडौं । सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल-भारतबीच समन्वय गर्न जरुरी रहेको बताउनुभएको छ ।
सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै महानिरीक्षक अर्यालले यस्तो बताउनुभएको हो । उहाँले सिंचाई, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा ३ मिली क्युसेक भन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताउनु भयो ।
उहाँले दुवै देशबीच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले अहिलेसम्म दुबै पक्षबीच समन्वय र समझदारी नदेखिएको बताउनु भयो । महानिरीक्षक अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बाढी पहिरो जस्ता जोखिमको उद्धारको लागि हेबी इक्युमेण्टहरु सरकारसँग भएपनि सुरक्षा निकायहरुसँग जोडिन नहुने बताउनु भयो ।
उहाँले हेबी सवारी साधनहरु सुरक्षा निकायलाई दिए उद्धारमा आफैँ सवारी चालक राखेर सञ्चालन गर्ने बताउनु भयो । उहाँले बाढी पहिरोको कारण काठमाडौं आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द हुने अवस्था आउन दिनेगरी सहजिकरण गर्ने तयारी गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सिंचाई, स्वास्थ्य र परराष्ट्र सचिवहरुले कोशीमा ३ मिली क्युसेक पानी आउँदा यति वटा ढोका खोल्ने भन्ने भनेर दुवै देशका प्रतिनिधि बसेर दुवै पक्ष तत्काल कुराकानी गर्नुपर्छ । त्यसो गरेपछि भारतका पनि जनता एउटै हुन् । त्यो खालको हामीमा छैन । तर त्यो परिसकेपछि त्यो खोल्छ । त्यहाँको पालले उता खोल्छ । समन्वय कोही गर्दैन फोन नउठाएर माग्छन् । धेरै मान्छेहरु त्यसरी डुबेर मरेका अवस्था छ । यो समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक छ । हेपी इक्युमेण्टहरु भौतिक मन्त्रालयसँग छ भनिन्छ तर सुरक्षा निकायहरुसँग टच नै हुँदैन । हेबी सवारी साधनहरु सुरक्षा निकायलाई दिए मिलाएर हामी चलाउँला नभए पनि उहाँहरुको ड्राइभरसँगै बसेर पनि त्यहाँ जान सकिन्छ । काठमाडौं आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द भयो भने राम्रो प्रभाव पर्दैन । मुख्य राजमार्ग एक घण्टा भन्दा बढी बन्द गर्दै नगर्ने । प्रत्येक जिल्लामा कम्तिमा दुई दिनलाई पुग्ने खाद्यान्न लगायतका वस्तुहरु मौज्दात राख्ने व्यवस्था गर्नुपर्छ । सुरक्षा निकायले तत्काल काम गर्नुपर्ने हुन्छ तर मन्त्रालयको आदेश लगायत समन्वय बिना काम गर्न समस्या हुन्छ । प्रमुख जिल्ला अधिकारीहरुको कोषमा धेरै पैसा छ तर खर्च भएको छैन । एक रुपैयाँ पनि कतै खर्च हुँदैन । तत्काल खर्च गर्ने मन्त्रालयले आदेश दिनुपर्छ । अहिले ६ अर्ब रकम रहेछ ।’
उहाँले प्रत्येक जिल्लामा कम्तिमा दुई दिनलाई पुग्ने खाद्यान्न लगायतका वस्तुहरु मौज्दात राख्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुको कोषमा ६ अर्ब बढी पैसा भएको तर खर्च नभएको भन्दै तत्काल खर्च गर्ने मन्त्रालयले आदेश दिन माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच