कालीकोट । बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धमा भएको महिला हत्या प्रकरणका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलनमार्फत सशंकित व्यक्तिलाई सार्वजनिक गरेको हो ।
बडिमालिका नगरपालिका–६ की ४५ वर्षीया धौली बडुवालको हत्या आरोपमा स्थानीय ५१ वर्षीया लालबहादुर बडुवाललाई पक्राउ गरि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।
पक्राउ परेका बडुवालले पुरानो घरायसी रिसिबीका कारण महिलाको हत्या गरेको बयान दिएको डीएसपी गिरीले जानकारी दिनुभयो । आरोपी बडुवालले हत्या गरिएकी महिलालले सुरुमा आफूलाई गाली गलौज गरेकाले तत्काल रिसको आवेगमा फलाम र काठको लाठीले प्रहार गरी हत्या गरेको बयान दिएका छन् ।
प्रहरीको अनुसन्धानमा हत्या गरिएकी महिलालाई बलात्कार र संवेदनशील अङ्गमा लाठीले घाउ समेत बनाएको पाइएको छ । एकल महिला समेत रहेकी बडुवालको हत्या गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार कोर्ध गाउँबाट दुईघण्टा टाढा रहेको बुढा कोर्ध लेकमा गाईबस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई आफन्तले मृत अवस्थामा यसअघि फेला पारेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच