काठमाडौं । टी २० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि अन्तर्वार्ताका लागि बोलाएको छ ।
दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसँगै उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो । तर, यस अघि अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसविरुद्ध चौतर्फी आलोचना भएको थियो भने सडकबाट भिसा दिलाउन दबाबसमेत दिइएको थियो ।
अदालतबाट सफाई पाइसकेको अवस्थामा नेपाललाई विश्वकपमा पुर्याउन प्रमुख भूमिका खेलेका क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिनु गैरजिम्मेवारीपूर्ण कार्य भएको भन्दै चौतर्फी विरोध भएपछि दूतावासले पुर्नविचार गर्न लागेको हो ।
विश्वकपको आयोजक राष्ट्र अमेरिकालेनै उनलाई भिसा दिन अस्वीकार गर्नुले दुई देशिय सम्बन्ध र कुटनैतिक रुपमा पनि असर पर्नसक्ने चर्चा हुन थालेको छ ।
यसैबीच सरकारले पनि कुटनीतिक नोट पठाउँदै उनलाई खेल्ने मौका दिनका लागि अमेरिकासँग भिसाको आग्रह गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुद परिषद हुँदै खेलकुद मन्त्रालयमा सन्दीपको भिसा रोकिएको बारे पत्राचार गरेको थियो । खेलकुदबाट परराष्ट्र मन्त्रालयमा पत्राचार भएको र त्यस आधारमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वयमले अग्रसरता लिनुभएको समाचार बाहिरिएका छन् ।
टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने खेलका लागि नेपाली टीम अमेरिका पुगेर वार्मअप गेम खेलिरहेको छ । सन्दीपलाई भिसा मिले उनी पनि जतिसक्दो चाँडो अमेरिका जाने तयारीमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच