नेपालगञ्ज । बाँकेमा जिल्लाव्यापी नकआउट फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा बाँके जिल्लाका सात क्लबको सहभागिता रहेको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार यो प्रतियोगिता हुन लागेको हो । नेपालगञ्जमा सहभागी क्लब प्रतिनिधिहरूको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले खेल्ने भएको धेरै नयाँ युवा खेलाडीले अवसर पाउने बताउनुभयो ।
जेठ २३ गतेसम्म चल्ने प्रतियोगिताको च्याम्पियन टिमले बाँके जिल्ला फुटबल संघले आयोजना गर्ने आगामी वर्षको लिग फुटबल खेल्ने अवसर पाउनेछ । कोहलपुर १३ बिघामा हुने प्रतियोगिताको उद्घाटन खेलमा इजोन स्पोर्ट्स क्लब र नेपालगञ्ज–११ स्पोटिङ क्लबबीच हुनेभएको छ ।
प्रतियोगितामा बाँके जिल्लाका सात क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालगञ्ज-११ स्पोटिङ क्लब, सिटी यूथ क्लब, ई जोन स्पोट्रस क्लब, न्यू दपर्ण युवा स्पोट्र्स क्लब, न्यू नलेज स्पोट्स क्लब, एफसी संघारी, कञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच