काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रश्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ ।
मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भडकाउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरुले आक्रामक रुपमा प्रतिवाद गरेर अघि बढनुपर्ने ओलीको भनाई थियो ।
पार्टी निकट राष्ट्रिय युवा संघ, नेपालले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रतिगामीहरुले गरेका गलत प्रचारको खण्डन हुनेगरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आवद्ध युवा–विद्यार्थीहरुलाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले प्रतिगामी तत्वहरु मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दैै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने बताउनु भयो । उहाँले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देश गर्नुभयो । जथाभावी ढंगले सामाजिक सञ्जालको प्रयोग गर्न नहुने ओलीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरुले प्रतिगामी सोचका बिरुद्ध ओपन्ली, भोकल्ली, एगेसिभली त्यसको विरुद्ध लाग्नुपर्छ । उनीहरुले एउटा प्रचार अभियान चलाएका छन । त्यसको विरुद्ध तपाईहरुले योजना बनाउनु पर्छ, लाग्नुपर्छ । तपाईहरु सँगठन र आन्दोलनको नेता मात्रै होइन, प्रचार अभियानको पनि तपाईहरु सेना बन्नु पर्छ । जिम्मेवार प्रचार सेना बन्नुपर्छ । जे पनि फेसबुकमा स्टाटस लेखेको छ । जे पनि कमेन्ट गरिदिएको छ । त्यस्तो खालको होइन, रेस्पोन्सिबल । किनभने तपाईहरु युथ मात्रै होइन, रेस्पोन्सिभल युथ हो । तपाईहरु राज्यप्रति जिम्मेवार हुनुपर्छ । मुलुक पछाडि फर्कन सक्दैन । पछाडि फर्काउने प्रयास सफल भएपनि टिक्दैन ।’
अध्यक्ष ओलीले एमाले मिसन–२०८४ को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । मुलुकलाई संकटबाट जोगाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुपर्ने भएकाले आफूहरुले मिसन २०८४ को अभियानलाई अघि बढाएको पनि उहाँले स्मरण गराउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच