गृहमन्त्रीले हुकुमी शासन देखाउनुभयो : सांसद खतिवडा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गर्नुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताउनुभएको हो । उहाँले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने बताउनु भयो । उहाँले उहाँले कानून बनाएर मात्रै सो काम गर्न आग्रह गर्नुभयो । उहाँले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरुलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको शुरुवात गर्नुभएछ । कानुन बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहान्छौँ । राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ । तर मुलुक हुकुमी शासनमा चल्ने होइन । कानून अनुसार चल्नुपर्छ । कुनैपनि काम गर्दा कानून निर्माण गरेर, कानूनी राज्य अनुसार चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो । हामीले देख्यौँ । मापसे गरेका मान्छेहरुलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे । यो कुन कानूनमा र कुन नियममा छ ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि ? मन्त्रालयबाट पत्राचार भएको छ कि ? यसरी मुलुक चलाउने शासन पद्धतीको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी बिरुद्धमा छौँ । त्यसैले कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानून अनुसार मुलुकलाई अगाडी बढाउनु पर्दछ । कहिलेकाहीँ विद्यार्थीहरुले, विदेशीहरुले पनि स्वयंसेवा गर्छन् । पहेँलो ज्याकेट लगाउने मान्छेहरु सबै मापसेयुक्त हुन भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरुको इज्जत रहन्छ रहँदैन । त्यसैले यो काम तुरुन्त बन्द गरेर कानून अनुसार शासन चलाउने व्यवस्थाको शुरुवात होस् भन्ने माग गर्न चाहन्छु । मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन । कानुन अनुसार चलाउनु पर्‍यो । कसैको शोषण गर्न पाइँदैन । पत्रकारजस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो । कानुन अनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ ।’

उहाँले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङकोसमेत माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?