मकवानपुर । नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यतिबेला मुलुकमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको पुष्टि भएको बताउनु भएको छ। मन्त्री मोक्तानले अरु पार्टीबाट सुशासन सम्भव नहुने दावि गर्दै हुने भएको भए पहिले नै सुशासनको अभियान प्राथमिकतामा रहने जिकिर गर्नुभयो।
नेकपा (माओवादी केन्द्र) कैलाश गॅाउपालिका स्तरीय जबस मोर्चाहरु पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले भन्नुभयो, “माओवादीमा सहि विचार र नेतृत्व भएकोले नै संस्थागत भ्रष्टाचारमा ठुला पार्टीका ठुला नेताहरुको नाम जोडिदा पनि यो अभियान निर्भिकतापूर्वक अगाडी बढेको छ ।”
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरको जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य विजय गौतमले माओवादीले सुशासनलाई समाजवाद यात्राको एउटा अभिन्न अंगको रुपमा लिएको चर्चा गर्नुभयाे ।
त्यसैगरी माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनबर्गीय संगठनले पार्टी र सरकारको खबरदारी र गरेका राम्रा कामको प्रचार एकसाथ गर्न सक्नुपर्ने बताउनु भयाे ।
संयुक्त भेलाले सुजाता फूयॅालको अध्यक्षतामा २५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी), दिलिप मोक्तानको अध्यक्षतामा २९ सदस्यीय योंग कम्युनिष्ट लिग, नेपाल, रामकृष्ण थिंगको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र गठन गरेको छ।
त्यसैगरी विनोद लोप्चनको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ, सुरेश घिमिरेको अध्यक्षतामा १३ सदस्यीय रिटर्नी सेन्टर नेपाल, राम सरन सुनारको संयोजकत्वमा ७ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गठन गरेको छ।
यसैगरी जनक लोप्चनको अध्यक्षतामा २५ सदस्यीय तामांग राष्ट्रिय मुक्ति मोर्चा , रामचन्द्र चेपांगको नेतृत्वमा १५ सदस्यीय चेपांग राष्ट्रिय मुक्ति मोर्चा र शेर बहादुर दर्लामीको अध्यक्षतामा ९ सदस्यीय मगर राष्ट्रिय मुक्ति मोर्चा गठन भएको छ।
वाईसियल नेपाल मकवानपुरको इन्चार्ज कमल गॅाउले, माओवादी केन्द्रका प्रदेश सल्लाहकार लालसिं गुरुंग, पालिकाका पार्टी अध्यक्ष बाल कुमार मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच