काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१औं संस्करण सम्पन्न भएको छ । इटालियन निर्देशक ब्राण्डो क्वीलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु भएको महोत्सवमा क्लोजिङ फिल्मको रूपमा टासी ल्हाम्जोम निर्देशित ‘नो मोनास्ट्री नो भिलेज’ थियो । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भएका थिए ।
‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ नारा बोकेको किम्फमा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक चलचित्र देखाइएको थियो । काठमाडौं महानगरपालिका सह-आयोजक रहेको महोत्सवमा समकालिन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैंगिकतालगायत विविधताले भरिएका चलत्रिच तथा वृत्तचित्र प्रदर्शन भएका थिए ।
महोत्सवमा नेपाल-दक्षिण कोरिया मित्रताको ५०औं वर्षगाँठको अवसर पारेर दुई देशबीच समानता झल्कने उल्जु माउण्टेन फिल्म फेस्टिभल कोरियाका फिल्मको विशेष प्रदर्शन भएको थियो । नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको महोत्सवमा चलचित्र प्रदर्शनबाहेक अन्तक्रियात्मक छलफल, गेष्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनजस्ता रचनात्मक गतिविधिले महोत्सवलाई रोचक र ज्ञानवद्र्धक बनाउन सघाएको अक्ष्यक्ष रम्यता लिम्बुले बताउनुभयो ।
महोत्सवमा नेपाल, भुटान, दक्षिण कोरिया, भारतलगायत देशका फिल्ममेकर समेत दर्शकका रूपमा सहभागी थिए । निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्विट्जरल्याण्ड) यसपटक निर्णायक मण्डलको रूपमा रहनुभएो थियो ।
निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येबाट विजेता छनौट गरे ।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई एक हजार ५०० अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई एक हजार ५०० डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिएको थियो ।
नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपैयाँ प्राप्त प्रदान गरिएको थियो । दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गर्यो ।
किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेसनल एलायन्स अफ माउण्टेन फिल्म (आइएएमएफ)को सदस्य पनि हो । उक्त संस्थामा २० देशका २८ संस्था सदस्य छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच