![चोरी गर्ने र चोरीका सामान किन्ने गरी ६ जना पक्राउ](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/chori.jpg)
काठमाडौं : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा अर्थमन्त्रीको खोजि गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुँदै थियो । कांग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राख्नुभयो । त्यसपछि बोल्न रोष्ट्रममा जानुभएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गर्नुभयो । बैठकमा अर्थमन्त्री नदेखेपछि लिङ्देनले सभामुखसँग खोजिनिधि गर्नुभएको थियो ।
उपसभामुख इन्दिरा राना मगरले अर्थमन्त्री वर्षमान पुन राष्ट्रिय सभा बैठकमा उपस्थित भएको जानकारी गराउँदै आफ्नो भनाइलाई अगाडि बढाउन अध्यक्ष लिङदेनलाई आग्रह गर्नुभयो ।
तर राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिएपछि बैठक स्थगित भएकाे हाे ।
सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराउनु भयो। सभामुख घिमिरेले संघीय संसदका दुवै बैठक सँगै बस्दा यस्तो समस्या देखिएको बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच