पाँच रनबापत एक कफी बिरुवा रोपण अभियान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकलाई एकैसाथ जोड्ने उद्देश्यका साथ ‘पाँच रनबापत एक कफी बिरुवा’ अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत अमेरिका र वेष्ट इण्डिजमा जारी आइसिसी टी-२० वल्र्डकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको पाँच रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गरिनेछ । सुपर कृषक एप नेपाली कृषकको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसान जोड्ने डिजिटल प्लेटफर्म हो । घाम पावर नेपालले विकास गरेको सुपर कृषक एपले हालसम्म २० हजारभन्दा बढी कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आएको छ ।

अनलाइन कृषि तालिम, माटो जाँच्ने सुविधा, एआईको माध्यमबाट रोग कीरा पहिचान गर्ने कृषि डाक्टर, भू-उपग्रहको सहयोगबाट बालीको स्वास्थ्य, सिँचाइ, मौसम स्थितिबारे जानकारी दिने प्रविधि कृषि चिनाका साथै च्याटबटको माध्यमबाट किसानलाई सहजै कृषि बजार मूल्यमा मौसम र विविध जानकारी दिनेलगायतका विविध सेवा सुविधा सुपर कृषक एपले निःशुल्क प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *