विक्रमभक्त जोशीको निकथासंग्रह ‘चोभार ब्लुज’ पाठकमाझ छ । साहित्य पोस्ट समूह प्रकाशन रहेको यो कृति २०७९ मा पाठकमाझ आएको हो । २२७ पेजको कृतिमा दीपक दर्शन दाहालको सम्पादन छ भने रमेश दाहालको भाषा विन्यास/आकृति विन्यास रहेको छ । आवरण चित्र दीपक गौतमको रहेको कृतिलाई ई.प्रेस प्रा.लिमा मुद्रण गरिएको छ । लेखकले आफ्नी दिवंगत आमा छोरीनानी जोशीलाई समर्पण गरेको कृतिको मूल्य ४५० राखिएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शुभकामना रहेको कृतिमा प्राज्ञा माया ठकुरीको शुभकामना पनि समेटिएको छ भने साहित्य पोष्टका प्रधानसम्पादक अश्विनी कोइरालाको प्रकाशकीय र कृतिकार जोशीले ‘आरम्भ र आभार’ शीर्षकमा आफ्ना कुरा राख्नुभएको छ । कृतिको नाम यसमा समावेश भएका निकथामध्ये एउटा छानिएर राखिएको छ ।
कृतिमा ‘उत्सर्ग’, ‘पर्खाल’, ‘यात्राका अनुत्तरित प्रश्नहरू’, ‘अनि म विरही भएँ’, ‘निलो कमिज, खैरो पाइन्ट’, ‘सुनको पोको’, ‘चोभार ब्लुज’, ‘ख्याक, मान्छे र कुकुर’, ‘सम्झी बस्छु कता कता’, ‘धिर्बाको विदेश यात्रा’, ‘बिर्सिएको त्यो इमेल’, ‘जगल्टे घर फर्किन्छ’, ‘यो जात्रा, अनि त्यो जात्रा’, ‘लकडाउन फेन्टासी’, ‘फ्लानर फेन्टासी’, ‘बोसन हाइट’, ‘म मोरिक्वल’, ‘अनिच्छित सम्बन्ध’ र ‘बाली बैजनी’ जस्ता १९ थुगाँ निकथा सङ्ग्रहीत छन् । यो आख्यानकृति लाई स्रष्टा जोशाीले निकथासङ्ग्रह भन्नु भएको छ । यसलाई उहाँले कथाको उपविधा प्रयोगमा ल्याएको बताउनुभएको छ ।
‘चोभार ब्लुज’ शीर्षक कथाको पृष्ठभूमि चोभार नै रहेको छ । कथासङ्ग्रहको पहिलो कथा ‘उत्सर्ग’मा गोमा नामक एउटी महिलाको कथा समावेश छ । कृतिमा रहेको ‘पर्खाल’ कथामा ‘अटिजम’ विषयलाई उठान गरिएको छ । अटिजम भएको किशोर प्रेमको कथा यसमा बुनिएको छ ।
यहाँ सङ्गृहीत कथा फरक फरक विषयवस्तुमा बुनिएका छन् । प्रत्येक कथाको आ-आफ्नै स्वाद हुनु यस पुस्तकको विशेषता हो । प्रत्येक कथाको सुरुमा कथाको विषयवस्तुलाई झल्काउने चित्र पनि यसमा समावेश गरिएको छ । यसमा देश विदेशका विभिन्न परिवेशका यात्रा कथा समाविष्ट छन् । कथा भन्ने उहाँको नुतन शैली छ ।
नियात्रा र निबन्ध मिसिएको कथालाई निकथा भनिए पनि स्रष्टा जोशी भने तथ्य, कथ्य अनि सन्देश रहेको रचनालाई निकथा भन्नुहुन्छ । स्रष्टा जोशी भन्नुहुन्छ, ‘निकथा त्यस्तो रचना हो, जसमा तीन तत्वहरू समाहित हुन्छन्- तथ्य, कथ्य अनि सन्देश । यात्राको वर्णन, स्थान, संस्कृति र भूगोलको सतही वर्णन तथ्य भए । ती वास्तविक हुन् । तिनका वरिपरि बुनेको वास्तविक वा अवास्तविक पात्रको कथाले कथ्य कथ्ने भए । ती काल्पनिक हुन् । तथ्य र कथ्यको फ्युजनले बनेको रचनाले कुनै न कुनै सकारात्मक सन्देश वा इन्फर्मेसन देओस्, जुन लेखनको मूल अभिप्रया हुने भयो । यसरी तीनहाँगे रूख तयार हुन्छ, जसको गिँडमा सिलसिलेवार प्लट कोर्छु । बस्, तयार हुन्छ एउटा निकथा ।’ स्रष्टा जोशीले भने जस्तै कथासङ्ग्रहमा यसरी नै कथा बुनिएको छ ।
यसमा सङ्ग्रहीत कथामा कतै यात्रा विवरण, कतै कथानक त कतै स्वैरकल्पनाका भेटिन्छ । परिवेशको यथार्थ सुन्दर प्रस्तुतिकरण, जनजीवनको सत्यचित्र साथै व्यापक सामाजिक दृष्टिचेत उहाँका कथामा रहेका छन् । वास्तविकतामा आधारित विषयवस्तुलाई उहाँले कल्पानाको उडानमा प्रस्तुत गर्नुभएको छ यसमा सङ्ग्रहीत कथामा । उहाँको कथा प्रस्तुतिको शैली मौलिक छ । यसमा समाविष्ट कथा हाम्रै समाज परिवेशको घटना परिघटनामा आधारित छन् । कथा पढदै जादा पाठकले आफ्नै कथा पढे जस्तो आफैँ यात्रारत रहे जस्तो पाउँछ । कथा पढन थालेपछि छोडन मन लाग्दैन । सरल भाषामा लेखिएको कथा स्पष्ट छन् । सामाजिक परिवेश, घटनाक्रम, जातिय विभेद, संस्कार संस्कृति, जीवनशैली, यात्रा विवरण, प्राकृतिक सौन्दर्य, सामाजिक विभेद उहाँका कथामा पाइन्छ ।
‘चोभार ब्लुज’ शीर्षक कथाको पृष्ठभूमि चोभार नै रहेको छ । कथासङ्ग्रहको पहिलो कथा ‘उत्सर्ग’ मा गोमा नामक एउटी महिलाको कथा समावेश छ । कृतिमा रहेको ‘पर्खाल’ कथामा ‘अटिजम’ विषयलाई उठान गरिएको छ । अटिजम भएको किशोर प्रेमको कथा यसमा बुनिएको छ । ‘यात्राका अनुत्तरित प्रश्नहरू’ यात्रालाई कथानक रूपमा प्रस्तुत गरिएको छ । ‘अनि म विरही भएँ’ कथामा श्याम विश्वकर्मा यसका मुख्य पात्र छन् । ‘निलो कमिज, खैरो पाइन्ट’ पहाडी भेगको गाउँमा बस्ने हर्केको कथा रहेको छ । यस्तै, ‘सुनको पोको’ मा मान्छेले छलकपट गरेर जम्मा गरेको धन सुनको पोको साउने भेलले बगाएर लगेको छ । ‘बाली बैजनी’कथाभित्र हवाई यात्रा अनि यात्रामा भेटिएका विभिन्न मुलुकका यात्रीहरूको प्रसङ्गलाई कथानक रुपमा प्रस्तुत गरिएको छ ।
पूर्व बैंङ्कर, आइटी विशेषज्ञ जोशी अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर हुनुहुन्छ । उहाँ यतिबेला आफ्ना अन्य कर्म छोडेर साहित्य लेखनमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । ‘वेखमान र राक्षस’ (सचित्र बालकथा) पनि पाठकमाझ ल्याउनुभएका स्रष्टा जोशीका आउँदा दिनमा यस्तै अन्य कृतिको रस्वादन गर्न पाइराखौ यही गीता कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच